काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि हुने मतदानमा जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने भएको छ।
आइतबार पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवास टोखामा बसेको शीर्ष नेताको बैठकले मतदानमा सांसदरूलाई स्वतन्त्रता दिने निर्णय गरेको हो।
‘भोलि हामी ओलीको विपक्षमा मतदान गर्छौ। तटस्थ बस्नेहरू तटस्थ बस्छन्। पार्टीले ह्वीप चाहिँ लगाउँदैन’, जसपा सांसद राजेन्द्र श्रेष्ठले भने।
जसपामा प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा दुई समूह छन्। यद्यपि, ओलीको पक्षमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतोले आइतबार नै ओलीलाई भेटेर मत नदिने स्पष्ट पारिसकेका छन्।
नेकपा (एमाले)ले भने आफ्ना सांसदहरूलाई विश्वासको प्रस्तावको पक्षमा मत दिन ह्वीप लगाएको छ।
विश्वासको प्रस्तावमाथिको सम्पूर्ण प्रक्रिया सोमबार नै सक्ने आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।