काठमाडाैं- कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि जोखिम कम गर्न सरकारले आन्तरिक उडान बन्द गरेसँगै अलपत्र परेका यात्रुकाे उद्धार गरिएकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका अनुसार बिहीबार र शुक्रबार ५९ उडानमार्फत् पोखरा र लुक्ला विमानस्थलमा अलपत्र परेका १०४ यात्रुकाे उद्धार गरिएकाे हाे।
जसमा मेडिकल उद्धार उडान संख्या ११ रहेकाे मन्त्रालयले जनाएकाे छ।
सरकारले सोमबार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको थियाे। त्यस्तै बिहीबारदेखि केही अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।