काठमाडौं– सरकारले नारायणहिटी दरबार संग्रहालयको मुख्य भवनको भित्री भागमा रङरोगन गर्ने भएको छ। रङरोगनका लागि भन्दै नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले टेन्डर गरेको छ।
समितिले रङरोगनका लागि भ्याट र कन्टिजेन्सी रकम बाहेक १७ लाख ९ हजार ३६ रुपैयाँ भन्दा बढी नहुने गरी लागत अनुमान गरेको छ। समितिले जेठ ६ गतेसम्मको समय सीमा दिँदै टेन्डर सूचना गरेको र जेठ सात गते टेन्डर प्रस्ताव खोल्ने जनाएको छ।
समितिले इबिडिङ सेवा नभएको समेत जनाएको छ। बिड जमान रुकम ४७ हजार र बिड फारम दस्तुर १ हजार रुपैयाँ तोकेको छ।
टेन्डरमा सहभागी हुनका लागि फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, मूअक दर्ता प्रमाणपत्र, प्यान प्रमाणपत्रको प्रतिलिपि अनिवार्य गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।