काठमाडौं– नेपाल पर्यटन बोर्डले देशका विभिन्न ठाउँमा अलपत्र परेको विदेशी नागरिक उद्धारको काम थालेको छ।
पर्यटकहरूको उद्धार तथा समन्वयको लागि नेपाल पर्यटन बोर्डले विपद व्यवस्थापन तथा सञ्चार सेल गठन गर्दै पर्यटकको उद्धार थालेका हो।
बोर्डले बुधबारमात्रै लाङटाङबाट ५ जना, पोखराबाट ४ जना र लुक्लाबाट २ जना गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धन्नजय रेग्मीले सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टिन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजीकरण गर्ने काम सुरु भएको बताए।
बोर्डले गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकहरूको उद्धार गरी काठमाडौं ल्याएको ल्याउन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।