काठमाडौं– नेपाल पर्यटन बोर्डले कोरोना भाइरस (कोभिड –१९) को दोस्रो चरणको संक्रमण बढ्दै जाँदा देशका विभिन्न भागमा जारी गरेको निषेधाज्ञाका क्रममा विभिन्न भागमा रहेका पर्यटकको उद्धार तथा समन्वयका लागि विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धन्नजय रेग्मीका अनुुसार सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौताअनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टिन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजीकरण गर्नेछ।
साथै, यस ले गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौं ल्याउनेछ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयकोे निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्वारेन्टिन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजीकरण गरेको गरेको उनको भनाइ छ।
बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटक कतै अलपत्र पर्न नपरोस तथा अन्य सरोकारवाला निकायले समेत आवश्यक परेको समयमा सूचना गर्न सकून भनेर हटलाइन, मेल तथा वेब पनि सञ्चालनमा ल्याएको छ। बाेर्डले सञ्चालन गरेकाे हटलान नम्बर ९८५१२५२६६६ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।