काठमाडौं- सरकारले देशभरका विभिन्न ठाउँमा रहेका विदेशी नागरिकलाई काठमाडौं आउन सहज हुनेगरी सहयोग गर्न सर्कुलर जारी गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै ५१ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ। जसका कारण विदेशी नागरिकलाई कुनै अप्ठ्यारो नपर्ने गरी काठमाडाैं आउन सहयोग गरिदिन गृहले सर्कुलर जारी गरेको हो।
विदेशी पर्यटकलाई सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टिनमा बस्नेगरी काठमाडौं आउन दिन गृहले सूचना जारी गरेको छ। उनीहरूलाई हवाई टिकट तथा भिसाको आधारमा काठमाडौं आउन नरोक्न गृहले निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।