काठमाडाैं- नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्न लुम्बिनी प्रदेशका एमाले सांसद अमर बहादुर डाँगीले राजीनामा दिएका छन्।
डाँगीले बुधबार राजीनामा दिएका सांसद इन्द्रजित थारुले बताए। सांसद डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तिलाई राजीनामा बुझाएका हुन्।
एमालेबाट दाङ २ ‘ख’ बाट निर्वाचित डाँगी माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा छन्। डाँगी यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।