महोत्तरी– महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले विष्फोट गराएको छ ।
मंगलबार दिउँसो बर्दीबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो ।
सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।