• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिको ‘प्रचण्ड पीडा’

64x64
भानु बोखिम बुधबार, वैशाख २२, २०७८  २१:५५
1140x725

संसारमा सब थोक बिक्छ 
नबिक्ने एउटै चोट छ 

स्वर्गीय अम्बर गुरुङले स्वर दिएको गीतको यो हरफमा उल्लिखित शब्द ‘चोट’ले प्रतीकात्मक अर्थ बोकेको छ। सामान्यतः चोटले मानिसका पीडा, दुःख आदीलाई ईंगित गर्छ। पीडा आफ्नै सपनाको असफलता वा विरोधीको षडयन्त्रसँग जोडिएर आउने कुरा पनि हुन्। यसरी हेर्दा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पीडाको ठुलो पहाड बोकिबसेका देखिन्छन्। 

प्रचण्ड यतिखेर विरामी श्रीमती सीता दाहालको स्वास्थ्य उपचारमा व्यस्त छन्। त्यो सँगसँगै ‘नेकपा सपना’ टुटेपछि पहिरो गइरहेको माओवादी पार्टीलाई जोगाउने चिन्ता पनि छ। यस्ता अनेक पीडालाई विस्थापन गरेर ‘नर्मल’ देखिन खोज्ने उनको प्रयत्न चलिरहेको छ। तर, अम्बर गुरुङको गीत जस्तै उनले त्यो पीडा र चोट बिकाउन सकिरहेका छैनन्। 

कम्युनिस्ट राजनीतिबाट आएका सबैजसो नेताहरु कम्युनिस्ट एकताको कुरा गर्छन्। उनीहरुको यस्तो चाहना स्वार्थमा आधारित छ वा सिद्धान्तमा भन्ने उत्तर स्पस्ट छैन। प्रचण्ड पनि तिनैमध्ये हुन् जो लामो समयदेखि कम्युनिस्ट एकताको वकालत गरिरहेका छन्। पछिल्लो समय नेकपा एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण पनि गरे, उनले। त्यसबाट उनी स्वयंले आफूलाई थप शक्तिशाली भएको ठाने, अरुले पनि त्यस्तै चर्चा गरे। तर, नतिजा सोचेजस्तो भएन। कुनैबेला चलखेलमा माहिर मानिने प्रचण्डलाई तत्कालीन नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले माथ गरिदिए। नेकपामा रहँदा ओलीबाट प्रचण्डले अपमान त सहेकै थिए, सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड थप कमजोर हुनपुगे। 

प्रचण्डमा यसको छटपटी कतिसम्म छ भन्ने प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन उनले गरिरहेको दौडधुपबाट पनि प्रस्ट हुन्छ। 

‘निरीह’ प्रचण्ड
चोट, दुःख वा पीडा समय आफुअनुकुल नचलिरहेको संकेत पनि हो। तर, प्रचण्ड कुनैबेला प्रतिकुल माहोल बदल्न समेत सिपालु नेताका रुपमा चिनिन्थे। अहिले पनि उनी यसका लागि अनेकन् जुक्ति सोचिरहेका र त्यसअनुसार प्रयत्न गरिरहेका देखिन्छन्। तर, उनका जुक्ति ‘राजनीतिको बजारमा’ चलिरहेका छैनन्।

माओवादी फेरि उठ्न सक्ला र भन्ने प्रश्न पनि छ अहिले। यही संशयले प्रचण्डका युद्धकालीन सारथीले नै उनको साथ छाडेर प्रधानमन्त्री ओलीको छत्रछायाँ रोजेका छन्।

नेकपा एक हुँदा होस् वा विघटनपछि, प्रचण्डको ध्येय ओलीलाई सत्ताच्युत गराउने देखिन्छ। ओली सत्तामा रहँदासम्म प्रचण्डले आफ्नो ‘भलो हुने’ सम्भावना देखेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले विभिन्न नियुक्तिहरुमा गरिरहेको हेरफेर प्रचण्डलक्ष्यित छ जसमा उनले प्रचण्डनिकटले पाएका नियुक्ति उल्ट्याउँदै आफूनिकटलाई धमाधम महत्वपूर्ण पदमा नियुक्ति गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अर्काेतिर प्रचण्डइतर शक्तिहरुले उनको स्वार्थ, शंका र विश्वासमा तालमेल देखिरहेका छैनन्। स्वार्थअनुसार सम्बन्ध जोड्ने र तोड्ने प्रचण्डको परिचित प्रचण्डको स्वभावमा धेरै समयसम्म नेपाली कांग्रेस नै विश्वस्त हुन सकेन। अझै पनि कांग्रेस प्रचण्डप्रति विश्वस्त भएर अघि बढेको देखिँदैन। माओवादी फेरि उठ्न सक्ला र भन्ने प्रश्न पनि छ अहिले। यही संशयले प्रचण्डका युद्धकालीन सारथीले नै उनको साथ छाडेर प्रधानमन्त्री ओलीको छत्रछायाँ रोजेका छन्। जनता समाजवादी पार्टी (जसपा)को एक समूहले त प्रचण्डको शक्तिमै विशवास गर्न सकिरहेको छैन। अर्थात् यी सबैको समग्र योगफल प्रचण्ड थप कमजोर र निरीह देखिँदै गएका छन्।

के आउला र माओवादीमा बहार! 
राजनीति गर्नेका आधार हुन्छन्- मुद्दा र सिद्धान्त। तेश्रो विश्वका राजनीतिक दलसँग विकास, विभेद, सिमान्तकृत, महिला, उत्पीडन आदि मुद्दाको लामै सूची हुन्छ। यद्यपि तेश्रो विश्वको राजनीति सिद्धान्त र मुद्दाको आधारमा मात्र अघि बढ्दैन। सिद्धान्त र मुद्दाको बिचमा नेताको स्वार्थ प्रधान भएर आउँछ। स्वार्थ सिद्धान्त र मुद्दाको आधारमा तय हुँदैन। उल्टै सिद्धान्त र मुद्दा नेताको स्वार्थ सिद्ध गर्ने हतियार बन्छन्। नेताको स्वार्थलाई समकालीन नेता र इतर दलसँगको इगो र आफ्नो करिअरमा प्रभाव पार्ने शक्तिराष्ट्रको चाहनाले प्रभावित पार्छ। प्रचण्डका योजनाहरु यथास्थितिमै अल्झिनुमा अन्य दलको अरुचिले पनि काम गरेकोमा सन्देह छैन। तर, अन्य दलका यस्ता अरुचि र स्वार्थ आफ्नो विवेकबाट मात्र निर्देशित छैनन्। हिजोका दिनमा आफ्नो नेता र दललाई स्थापित गराउन भूमिका खेल्ने बाह्य शक्तिको स्वार्थ पनि त्यसमा जोडिएको छ। 

कमजोर र निरीह हुनुको पीडा प्रचण्डले राम्रैसँग बोध गरेका छन्। प्रचण्डको चाहना प्रधानमन्त्री ओलीले सत्ता छोडिदिऊन् भन्ने छ तर, उनलाई ‘जनयुद्धकालीन’ आफ्नै सहयोद्धाले छाडिरहेका छन्। प्रधानमन्त्री ओली एमालेको सातौं महाधिवेशनदेखि नै माओवादीप्रति नकारात्मक र कठोर थिए। खुला राजनीतिमा आएको माओवादीलाई ओली सधैं कटाक्ष गर्थे। त्यसले गर्दा माओवादीको नजरमा पनि ओली सबभन्दा आलोचित पात्र थिए। 

समयक्रममा माओवादीकै बलमा ओली शक्तिशाली प्रधानमन्त्री बने। सत्तामा हुनेसँग शक्ति र अनेकौं अवसर दिने हैसियत हुन्छ। माओवादीका राबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र मणि थापाले ओलीको निम्ति पार्टीमात्र छोडेनन्, प्रचण्डको आलोचना गर्ने काम पनि उनीहरुले नै गरिरहेका छन्। यसको सन्देश यही हो कि चराहरुले बासको निम्ति उजाडिएको वा उजाडिँदै गरेको रुखलाई रोज्दैनन्। 

पछिल्लो अन्तवार्तामा प्रचण्ड स्वयंले नयाँ सरकार तत्काल बन्ने सम्भावना नरहेको बताए। उनले यो कुरा मन्द मुस्कानसाथ भनेका थिए।

माओवादी पार्टीमा पुनः बहार आउने सम्भावना न्यून देखिन्छ। माओवादीको यस्तो ओरालो यात्रा दोस्रो संविधानसभाको निर्वाचनपछि शुरु भएको हो। त्यो बेला पनि प्रचण्डले माओवादीमा बहार ल्याउने दाबी गरेका थिए। नेकपा विघटनपछि पनि उनले माओवादीको पक्षमा जनलहर ल्याउने सपना सुनाए। त्यसका लागि धेरै समय काठमाडौं बाहिर बिताउने घोषणा गरे। तर, उनको धेरै समय काठमाडौंमै बितिरहेको छ। त्यो पनि ओली सरकारको विस्थापनका लागि कांग्रेस र जसपाका नेताहरुको घरदैलो धाउँदै। 

तर, प्रचण्डलाई विश्वास गर्न नसकेकै कारण कांग्रेसले निकै ढिलो आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्‍यो। जसपाभित्रको पूर्वराजपा खेमा ओलीलाई नै काँध थाप्ने पक्षमा छ। यो बेग्लै हो कि जसपाको मुद्धामा ओलीभन्दा प्रचण्ड उदार देखिन्छन्, उदार हुनसक्छन् तर मुद्धा सम्बोधन गर्न सक्ने क्षमता राख्दैनन्। अहिले ४९ सिटमा खुम्चिएको माओवादीले सरकार गठन गर्न सहयोग त गर्ला, तर मधेशको मुद्धा सम्बोधन गर्न सक्ने अवस्थामा छैन। त्यसैले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकारमा जाँदा मुद्धाभन्दा ब्यक्तिगत लाभ लिने हो भन्ने बुझेको छ। त्यो लाभ उनीहरुलाई प्रचण्डभन्दा ज्यादा ओलीबाटै मिल्न सक्छ। किनभने ओली सरकारमा रहेको र पार्टीको आकार पनि ठुलो रहेकाले प्रचण्डभन्दा धेरै हिसाबले शक्तिशाली छन्। 

हिमालय टेलिभिजनसँगको पछिल्लो अन्तवार्तामा प्रचण्ड स्वयंले नयाँ सरकार तत्काल बन्ने सम्भावना नरहेको बताए। उनले यो कुरा मन्द मुस्कानसाथ भनेका थिए। अरुचिकर कुरा पनि मन्द मुस्कानसाथ भन्न सक्नु उनको कला हो। तर, अरुचिकर यथार्थ सामना गर्नु र कमजोर हुनुको पीडाबोध सायद प्रचण्ड स्वयंले मात्र गर्न सक्छन्। 

पहिलो संविधानसभाबाट ठुलो दल हुँदा माओवादीमा अन्य दलबाट आउनेको लर्काे थियो। अहिले माओवादी छाड्नेको लर्काे छ। कांग्रेस नेता तथा चिन्तक प्रदिप गिरिले एमाले र माओवादीको एकतालाई प्रचण्डको अन्तिम चमत्कार भनेका थिए। पार्टी विघटनले माओवादीलाई पुरानै स्थानमा फर्कायो। तर, प्रचण्डको चमत्कार गर्ने क्षमतालाई पुनर्स्थापित गर्न सकेन। अब त्यसो हुने सम्भावना पनि निकै कम देखिन्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै बिहीबार, असोज १, २०८३
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘c’ मोबाइल एप सञ्चालनमा बिहीबार, असोज १, २०८३
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान बिहीबार, असोज १, २०८३
पहिलो जितको खोजिमा नेपाल बिहीबार, असोज १, २०८३
तीनदिने भारत भ्रमणमा निस्किए अर्थमन्त्री वाग्ले बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
रविको प्रस्ताव कार्यान्वयनतर्फ, ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्