• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा

64x64
भानु बोखिम सोमबार, वैशाख ६, २०७८  ०८:०२
1140x725

घटना अहिलेको होइन, झण्डै तीन वर्ष पहिलेको हो। अहिले यो कुरा किन उठाइएको हो भने त्यसबेला खुल्न बाँकी धेरै कुरा अहिले खुलेका छन्। र, यो घटनाले हाम्रो समाजको विद्रुप चेहरा उजागर गरेको छ।

यो कालीकोटको घटना हो। यसैपनि देशकै विकटमध्येको ठाउँ हो कालीकोट। जहाँ अरु कैयौं कुरीति जस्तै जातका आधारमा हुने भेदभाव र छुवाछुत पनि छ। बेलाबेलामा त्यो कुरीति यसरी देखापर्छ कि संविधान र तदनुरुप बनेका ऐन र कानुनले समाजलाई दिशानिर्देश गर्छ भन्ने मान्यता नै खल्बलिन पुग्छ।

संविधान र कानुनको उद्देश्य विधिको शासन स्थापित गर्दै मानव अधिकारको रक्षा गर्नु हो। तर, संविधान र ऐन-कानुनले परिकल्पना गर्दैमा समाज स्वतः रूपान्तरण नहुँदोरहेछ। त्यसकै दृष्टान्त हो, कालीकोटको नरहरीनाथ गाउँपालिका-९ की वडा सदस्य मना सार्कीको हत्या। संविधान र कानुनले बर्जित गरेको जातीय छुवाछुतप्रेरित सोच र समाजका केही व्यक्तिको अहंले कलिलैमा मनाको जीवनयात्रा टुंगियो। उनले देखेका कैयौं सपनाहरूको असमयमै हत्या भयो।

कालीकोटमा निमोठिएकी मुना, मना
टेलिभिजन कार्यक्रम ‘ऐना’का लागि २०७७ मंसिरमा कालीकोटको लालु पुग्ने मौका जुरेको थियो। यो यात्रा पंक्तिकारका लागि मिडियामा आएका भन्दा धेरै कुरा बुझ्ने र कालीकोटका गाउँमा विद्यमान जातीय छुवाछुतलाई प्रत्यक्ष अनुभूत गर्न अर्थपूर्ण बन्यो। 

लालुको यात्रा कर्णाली राजमार्गमा पर्ने जिते भन्ने ठाउँबाट कर्णाली तरेपछि अघि बढ्छ। करिब चार घन्टाको पैदल यात्रामा पुगिने लालुसम्म गाडी पुगको छैन। ठाउँ-ठाउँमा कच्ची सडक छ तर, कर्णाली नदीमा पुल नहुँदा त्यहाँ गाडी पुग्दैन। हिँड्दै जाँदा मनाको घरनजिकै एक ठकुरी युवा भेटिए। मना सार्कीको बारेमा कुरा निकाल्नेबित्तिकै उनको चेहराको रङ एक्कासी बदलियो। उनले मना सार्कीको हत्या ‘मिडियामा आएजस्तो जातीय विभेदले नभएको’ दाबी गरे तर, हत्याको अरु कारण के थियो भनेर केही खुलाउन सकेनन्। बरु दाबी गरे- ‘हाम्रो गाउँ लालुमा जातीय विभेदको नामोनिसानै छैन।’

मनाको कान्छो छोरा विशाललाई भेटेपछि धेरै कुरा प्रष्ट हुँदै गए। 

लालु त्यो गाउँ रहेछ जहाँ कालीकोटमै सबभन्दा धेरै जातीय छुवाछुत र विभेद छ। विशालले आमा मनाले चुनाव जितेकै दिन धम्कीको सामना गर्नुपरेको सुनाए। त्यो धम्कीको कारण जातीय छुवाछुत थियो। विशालले भने, ‘रातो टिका लगाएर आइस्, कालो टिका लगाएर आउने बनाउँछौ भन्नेहरू पनि थिए।’

त्यो समय त जसोतसो बितेर गयो। तर, मनामाथि २०७५ जेठ १९ गते सार्वजनिक धारा छोएको निहुँमा कुटपिट भयो। त्यसदिन स्थानीय ठकुरी समुदायका केही महिलाले आमालाई लखेट्दै पिटेको विशालले सुनाए। त्यही क्रममा घरनजिक पुगेपछि मनालाई विशाल र (दलित समुदायकै) केही छिमेकीले छुटाएर घर ल्याएका थिए। घरमा ल्याएको केही समयपछि उनको मृत्यु भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

समयअनुसार फेरिन नसकेको समाजको कुरीतिप्रेरित भएपनि मनाको हत्या जघन्य अपराध हो। वर्णाश्रममा आधारित समाजमा दलितहरू समाजको तल्लो खुड्किलोमा मात्र थिएनन्। उनीहरूलाई अछुतको दर्जा पनि दिइएको थियो। यस्तो गलत सामाजिक अभ्यासलाई जंगबहादुर राणाले १९१० को मुलुकी ऐनबाट कानुनी मान्यता दिए। जंगबहादुरको मुलुकी ऐनलाई राजा महेन्द्रको मुलुकी ऐनले विस्थापन गरेको मान्ने हो भने यो पूरै १ सय १० वर्ष चल्यो। दोश्रो मुलुकी ऐनले जातीय विभेदलाई मान्यता त दिएन तर, धार्मिक मान्यता र दैवी शक्तिमा विश्वास गर्ने समाजको सोच बदल्न खास पहल पनि गरेन। 

एक शताब्दी लामो समय कानुनी मान्यता पाएर छुवाछुत र जात व्यवस्था झांगिएको थियो। त्यसकारण पनि यसखाले मनोविज्ञान सजिलै परिवर्तन हुनेवाला थिएन। यसलाई साँच्चै परिवर्तन गर्न चाहेको भए व्यापक जनचेतना बढाउनुपर्थ्यो। विभेद विरुद्धका र विभेद न्यूनीकरण गर्ने अभ्यास तथा क्रियाकलापलाई प्रोत्साहन गर्नुपर्थ्यो। तर, कानुनी व्यवस्था मात्र गरेर सरकारले त्यसनिम्ति पहल गरेन। परिणाम, अझैपनि एकथरी मानिसले अर्काेथरीलाई अछुत देखिरहने, त्यही सोचका कारण मना सार्की जस्ता कैयौंले ज्यान गुमाउनुपर्ने नियति रोकिएको छैन।  

अघि बढ्न खोजेका पाइलामै छेकबार 
मनाको जीवनयात्रा टुंगिनु दलित समुदायका एक सदस्यको हत्या मात्र थिएन। बरु यो त दलित समुदायबाट अगाडि बढ्न हौसला राख्ने, ऊर्जाशील हुन खोज्ने जोकोहीको उत्साहमा छेकबार लगाउने प्रयत्न थियो। संविधानले सराबर भन्दैमा ‘तिमी सराबर छैनौ’ भन्ने सन्देश थियो। निश्चय नै यस्तो सोच सबैतिर छैन, समाज विस्तारै उदार बन्ने यात्रामै छ। त्यहीकारण यस्तो सोचको आयू पनि छोटिँदै जानेछ। तर, ‘समान हुँ’ भन्ने र समान नदेख्नेबीचको द्वन्द्वले दुःखान्त घटनाको शृंखला तत्काल रोकिने देखिँदैन। अनि यस्ता घटनाले जन्माउने आक्रोशले विभेदकारी सोच र अभ्यासको आयु अझ द्रुत गतिमा छोट्याउनेछ। तर, सम्बन्धित परिवार वा खास ठाउँका मानिसले आफन्त गुमाउने, आत्मसम्मान अनुभूति गर्न नपाउने चक्र पनि चलिरहनेछ।

मनाको हत्याले उनको परिवारको भविष्य धर्मराएको छ। उनको संघर्षमा विराम लागेसँगै सपनाहरू टुंगिएका छन्। मनाका श्रीमान भारतमा मजदूरी गर्छन्। आइएस्सी पढेका उनका जेठा छोरा पनि अब उतै जाने सोचमा छन्। भारतमा मजदुरी गर्न जानु कालीकोटका धेरैको बाध्यता हो। त्यसमा पनि दलित समुदायका लागि रोजीरोटीका निम्ति भारतको मजदूरी निर्विकल्प जस्तै छ। 

नागरिकताअनुसार मनाको जन्ममिति २०१९ साल हो। तर, यथार्थ चाहिँ अझ दर्दनाक छ। उनको नाम र जन्ममिति दुवै आफ्नो होइन। मना सार्की खासमा उनका श्रीमानकी पहिलो श्रीमतीको नाम थियो। पहिलो श्रीमतीको मृत्यु भएपछि त्यही नागरिकतामै अर्को मना सार्कीका रूपमा उनको जन्म भयो। तर, उनको वास्तविक उमेर झण्डै १० वर्ष कम थियो। अर्थात् २०७४ सालको स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुनिएकी मनाको नाम आफ्नो थिएन। अनि उमेर पनि उनको नागरिकतामा जस्तो धेरै थिएन। अर्काको नामको नागरिकता ग्रहण आफैंमा विकटता, अशिक्षा र गरिबीको प्रमाण थियो। आफ्नै नामबाट नागरिकता लिनका निम्ति जिल्ला प्रशासन कार्यलय धाउनुको दुःख र खर्चको कुरा थियो। अर्काेतिर औपचारिक अध्ययन नै नभएकाले कुनै प्रमाणपत्रसँग नागरिकताको व्यहोरो मिल्नुपर्ने बाध्यता थिएन। 

यहीकारण मना सार्की नामका नागरिकता दुई फरक महिलाले प्रयोग गरे। तर, यस्तो अभाव, अशिक्षा र विकटताबीच उभिएर पनि मनाले केही सपना देखेकी थिइन्। नपढे पनि केही गर्नुपर्छ भन्ने ऊर्जाशील महिला थिइन् उनी। उनको व्यवहारले सबैलाई प्रेरित गर्थ्यो। दलित समुदायलाई अझ धेरै प्रेरणा मिल्थ्यो। 

मना विभिन्न कार्यक्रम तथा तालिममा पुग्थिन्। त्यहाँबाट सिकेको सीप गाउँमा फर्केर सबैलाई सिकाउँथिन्। विभिन्न संघसंस्थाबाट आउने अनुदान वा सहयोग सबैलाई वितरण गर्नुपर्नेमा जोड दिन्थिन्। यसरी सबैलाई आफ्नो ठानेर व्यवहार गर्ने मनालाई संकुचित जातीय सोचका कारण समाजकै केही व्यक्तिले शत्रु ठाने। 

राजनीतिमा जोडिएपछि मनाको सपनाले नयाँ गन्तव्य चुनेको थियो। उनी त्यही उडान गर्न चाहन्थिन्। परिवारसँगै समाजका लागि केही गर्नुपर्छ भन्ने ऊर्जा थियो। संघर्ष त्यसकै निम्ति गरिरहेकी थिइन्। तर, आफ्नै जात उनको यात्रामा तगारो बनिदियो। 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै बिहीबार, असोज १, २०८३
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘c’ मोबाइल एप सञ्चालनमा बिहीबार, असोज १, २०८३
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान बिहीबार, असोज १, २०८३
पहिलो जितको खोजिमा नेपाल बिहीबार, असोज १, २०८३
तीनदिने भारत भ्रमणमा निस्किए अर्थमन्त्री वाग्ले बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
रविको प्रस्ताव कार्यान्वयनतर्फ, ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्