• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
64x64
भानु बोखिम आइतबार, चैत २२, २०७७  २१:५३
1140x725

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पहिलो संविधान सभाअघि नेपाली कांग्रेस त्यागेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए। त्यो बेला मधेशीको पक्षमा आवाज उठाउन भन्दै उनले नेपाली कांग्रेससँगै आफ्नो मन्त्री पद पनि त्यागेका थिए। त्यसपछि विकसित राजनीतिमा मधेशकेन्द्रित दलबाट धेरै नेता मन्त्री बने। तर, महन्थले कहिले पनि त्यसमा रुचि देखाएनन्। तुलनात्मक रुपमा निष्ठावान् र त्यागी मानिएका महन्थ अहिले भने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अफर’ले लोभिएका छन्।

प्रधानमन्त्री ओली यसखाले ‘कार्ड’ खेल्न माहिर नेता हुन्। तर, यसबीचमा उनले धेरै कार्डहरु खेलिसकेकाले ओली स्वयंसँग पनि विकल्पहरु खुम्चिएका छन्। २०७४ सालमा चुनावी गठबन्धन बनाएपछि साथ दिएको नेकपा माओवादी केन्द्रले नेकपा विघटनसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्कापक्की छ। ऊ केवल उपयुक्त मौकाको खोजीमा छ। अर्कोतिर चार दशकदेखि सहयात्रा रहेका आफ्नै पार्टीका नेताहरुसँग ओलीको सम्बन्ध आगो र पानीको जस्तो छ। यस्तोमा प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउने एउटै मात्र बाटो देखेका छन्। त्यो हो– जसपाका नेता महन्थ ठाकुरलाई रिझाउने।  

प्रधानमन्त्री ओली अहिले कांग्रेस, माओवादी र आफ्नै पार्टीका माधवकुमार नेपाल–झलनाथ खनालको घेराबन्दीमा छन्। यो घेराबन्दी ओलीले प्रतिनिधि सभाको विघटन गरेर निम्त्याएका थिए। पछि विघटनलाई सर्वोच्च अदालतको निर्णयले बदर गरिदियो। ओलीमा थोरै पनि नैतिकता हुन्थ्यो त उनी अहिले पूर्वप्रधानमन्त्री भइसकेका हुनेथिए। तर, आफैंले घाँटी निमोठेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पनि उनी सत्ता छोड्न तयार छैनन्। 

यस्तो बेला प्रधानमन्त्री ओलीले दुइटा विकल्प सोचिरहेको देखिन्छ। पहिलो विकल्प हो, कुनै सानो दलको समर्थनमा प्रतिनिधि सभाको यो कार्यकालभरि आफैं प्रधानमन्त्री बन्ने। त्यस्तो हुन सकेन भने आफूअनुकुल प्रधानमन्त्री बनाएर घेराबन्दी गर्नेलाई सरकारबाहिर राख्ने। यसको लागि ओलीले उपयुक्त पात्रको रुपमा महन्थ ठाकुरलाई देखिरहेका छन्। अर्थात्, ओलीको पहिलो रणनीति माओवादीको ठाउँमा जसपाको समर्थन प्राप्त गर्ने नै हो। सिंगो जसपाले समर्थन गरेन भने पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) समूहको समर्थन प्राप्त गर्ने उनको कोशिस हुनेछ। आफूले समर्थन प्राप्त गर्ने सम्भावना देखेनन् भने भने ओलीले महन्थलाई प्रधानमन्त्री बनाउने कुरा पनि सँगसँगै अगाडि बढाउन चाहेको बताइन्छ। हावा नचली पात नहल्लिने लोकोक्ति मान्ने हो भने यो चर्चा निराधार हुन सक्दैन। तर, उनी त्यति सजिलै दोश्रो विकल्पमा जाने व्यक्ति भने होइनन्।

अनौठो चाहिँ ओलीको यस्तो अफर र आश्वासनमा महन्थ किन लोभिँदैछन् भन्ने हो। यसलाई अनेक कोणबाट विश्लेषण गर्न सकिन्छ। भनाइ नै छ, राजनीति आदर्श र सिद्धान्त मात्रको लागि गरिँदैन। यसका पछाडि खास उद्देश्य र सपना पनि हुन्छन्। राजनीतिमा लामो समय बिताएका नेताको हिसाबले महन्थका पनि कैयौं उद्देश्य र सपना नहुने कुरा भएन। भनिराख्नुपर्दैन, त्यसका लागि चाहिने सत्ता नै हो। महन्थले सत्ता अर्थात् प्रधानमन्त्री पदको चाहना राख्नु अस्वाभाविक होइन। तर, सत्ता र प्रधानमन्त्री पद बहालवाला प्रधानमन्त्री ओलीको सहयोगमा प्राप्त गर्न खोज्नु चाहिँ साँच्चै अनौठो छ। 

Ncell 2
Ncell 2

ओली ‘अफर’का नाममा अल्मल्याउन चतुर नेता हुन्। यो कुरा महन्थले थाहा नपाउने कुरै भएन। यसका बाबजुद पनि उनले ओलीबाट आशा गर्नु भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नियति भोग्नु हो। प्रचण्ड र ओलीको सम्बन्ध कहिले पनि हितैषी थिएन। यद्यपि, प्रचण्डले पटक–पटक सम्झौता गरेर ओलीलाई साथ दिए। यसमा प्रचण्डको आलोपालो प्रधानमन्त्री हुन पाउँछु भन्ने आश थियो। पछि ओलीको चतुर्याईंसँग नसकेर उनले त्यसलाई कार्यकारी अध्यक्षको पदसँग साटे। तर, व्यवहारमा कार्यकारी अध्यक्ष हुन पनि पाएनन्। पार्टी एकतासँग जोडिएको प्रचण्डको सपना अहिले दुःखान्त मोडमा उभिएको छ।

‘अपमान’को रहर    
प्रधानमन्त्री ओली वचनमा प्रतिबद्ध हुन्थे भने राजनीतिमा फरक परिदृश्य निर्माण भइसकेको हुन्थ्यो। ओलीले वाचा पुरा गर्थे त वामदेव गौतम एमालेको अध्यक्ष र प्रधानमन्त्री दुवै भइसकेका हुन्थे। प्रचण्ड तेश्रो पटक प्रधानमन्त्री बनिसक्थे। एमाले र माओवादीको चुनावी गठबन्धनपछि एक भएको नेकपाको एकल अध्यक्ष पनि भइसकेका हुन्थे। सत्तारोहन गरेपछि ओलीले सहयात्री दलको नेतालाई अपमान गर्न केही बाँकी राखेनन्, जुन अपमान महन्थले उठाउँदै आएको संविधान संशोधनको विषयसँग पनि जोडिन्छ।

महन्थ र उनको दलको दुईवटा प्रमुख मागहरू देखिन्छन्। उनी आफ्नो दलबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई चाहन्छन्। साथै संविधान संशोधन पनि। तर, संविधान संशोधनमा ओली कति अनुदार छन् भने मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनको प्रस्ताव लगेकै कारण तत्कालीन उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अपमानित हुनु परेको थियो। प्रधानमन्त्री ओली अहिले पनि संविधान संसोधनको विषय सुन्न चाहँदैनन्। 

यतिबेला संविधान संशोधनको विषय खासै चर्चामा पनि छैन। रेशम चौधरीको रिहाईका निम्ति वार्ताको प्रहसन भने चलिरहेको छ। जसपाको उदेश्य र कानुनी व्यवस्थामा तालमेल नहुँदा रेशम चौधरीको रिहाई उति सहज भने देखिँदैन। यसका बाबजुद महन्थले सपना देख्नु भनेको ओलीलाई सत्तामा विराजमान गराएर आफूले प्रचण्डको नियति भोग्नु मात्र हो।

महन्थ मनोविज्ञान पनि आम राजनीतिको भन्दा फरक हुन भने सक्दैन। भलै उनले अन्य नेताको तुलनामा बढी निष्ठा र त्याग देखाए। तर, उनको राजनीति त्याग र निष्ठाको लागि मात्र हैन। अन्ततः त्यो शक्ति प्राप्तिको खेल पनि हो। महन्थले सोचेका पनि होलान्- अहिले नलिए कहिले लिने? यस्तो परिस्थिति फेरि निर्माण नहुन पनि सक्छ। भोलि कुनै पद दिलाउनको लागि पार्टीको हैसियत नहुन पनि सक्छ। साथै, अब उमेरले पनि डाँडा काट्दै गएको छ। अहिले भएन भने पछि उमेर र स्वास्थ्यले पनि साथ नदिन सक्छ। यी तमाम कुराले पनि महन्थ लोभिएका हुन सक्छन्। तर, यसरी नै लोभिएर ओलीको साथ दिए भने महन्थको निष्ठा र त्यागको छबि माटोमै मिल्ने निश्चितप्रायः छ। 

ओलीको षडयन्त्र साथै आफ्नो त्याग र निष्ठाको इतिहासबारे महन्थलाई जानकारी नहुने कुरा भएन। यसका बाबजुद पनि उनी अल्मलिनु आफैंमा बुझिनसक्नु छ। महन्थको अलमलले कांग्रेस र माओवादी पनि दोमनमा छन्। समग्रमा महन्थको अलमलमा सिंगो राजनीति अलमलिइरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
लिची बगान प्रकरण- दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर, गुप्ता र श्रेष्ठसँग जनही ७८ लाख बिगो माग बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्