• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 

64x64
भानु बोखिम आइतबार, चैत २२, २०७७  २१:५३
1140x725

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पहिलो संविधान सभाअघि नेपाली कांग्रेस त्यागेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए। त्यो बेला मधेशीको पक्षमा आवाज उठाउन भन्दै उनले नेपाली कांग्रेससँगै आफ्नो मन्त्री पद पनि त्यागेका थिए। त्यसपछि विकसित राजनीतिमा मधेशकेन्द्रित दलबाट धेरै नेता मन्त्री बने। तर, महन्थले कहिले पनि त्यसमा रुचि देखाएनन्। तुलनात्मक रुपमा निष्ठावान् र त्यागी मानिएका महन्थ अहिले भने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अफर’ले लोभिएका छन्।

प्रधानमन्त्री ओली यसखाले ‘कार्ड’ खेल्न माहिर नेता हुन्। तर, यसबीचमा उनले धेरै कार्डहरु खेलिसकेकाले ओली स्वयंसँग पनि विकल्पहरु खुम्चिएका छन्। २०७४ सालमा चुनावी गठबन्धन बनाएपछि साथ दिएको नेकपा माओवादी केन्द्रले नेकपा विघटनसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्कापक्की छ। ऊ केवल उपयुक्त मौकाको खोजीमा छ। अर्कोतिर चार दशकदेखि सहयात्रा रहेका आफ्नै पार्टीका नेताहरुसँग ओलीको सम्बन्ध आगो र पानीको जस्तो छ। यस्तोमा प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउने एउटै मात्र बाटो देखेका छन्। त्यो हो– जसपाका नेता महन्थ ठाकुरलाई रिझाउने।  

प्रधानमन्त्री ओली अहिले कांग्रेस, माओवादी र आफ्नै पार्टीका माधवकुमार नेपाल–झलनाथ खनालको घेराबन्दीमा छन्। यो घेराबन्दी ओलीले प्रतिनिधि सभाको विघटन गरेर निम्त्याएका थिए। पछि विघटनलाई सर्वोच्च अदालतको निर्णयले बदर गरिदियो। ओलीमा थोरै पनि नैतिकता हुन्थ्यो त उनी अहिले पूर्वप्रधानमन्त्री भइसकेका हुनेथिए। तर, आफैंले घाँटी निमोठेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पनि उनी सत्ता छोड्न तयार छैनन्। 

यस्तो बेला प्रधानमन्त्री ओलीले दुइटा विकल्प सोचिरहेको देखिन्छ। पहिलो विकल्प हो, कुनै सानो दलको समर्थनमा प्रतिनिधि सभाको यो कार्यकालभरि आफैं प्रधानमन्त्री बन्ने। त्यस्तो हुन सकेन भने आफूअनुकुल प्रधानमन्त्री बनाएर घेराबन्दी गर्नेलाई सरकारबाहिर राख्ने। यसको लागि ओलीले उपयुक्त पात्रको रुपमा महन्थ ठाकुरलाई देखिरहेका छन्। अर्थात्, ओलीको पहिलो रणनीति माओवादीको ठाउँमा जसपाको समर्थन प्राप्त गर्ने नै हो। सिंगो जसपाले समर्थन गरेन भने पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) समूहको समर्थन प्राप्त गर्ने उनको कोशिस हुनेछ। आफूले समर्थन प्राप्त गर्ने सम्भावना देखेनन् भने भने ओलीले महन्थलाई प्रधानमन्त्री बनाउने कुरा पनि सँगसँगै अगाडि बढाउन चाहेको बताइन्छ। हावा नचली पात नहल्लिने लोकोक्ति मान्ने हो भने यो चर्चा निराधार हुन सक्दैन। तर, उनी त्यति सजिलै दोश्रो विकल्पमा जाने व्यक्ति भने होइनन्।

अनौठो चाहिँ ओलीको यस्तो अफर र आश्वासनमा महन्थ किन लोभिँदैछन् भन्ने हो। यसलाई अनेक कोणबाट विश्लेषण गर्न सकिन्छ। भनाइ नै छ, राजनीति आदर्श र सिद्धान्त मात्रको लागि गरिँदैन। यसका पछाडि खास उद्देश्य र सपना पनि हुन्छन्। राजनीतिमा लामो समय बिताएका नेताको हिसाबले महन्थका पनि कैयौं उद्देश्य र सपना नहुने कुरा भएन। भनिराख्नुपर्दैन, त्यसका लागि चाहिने सत्ता नै हो। महन्थले सत्ता अर्थात् प्रधानमन्त्री पदको चाहना राख्नु अस्वाभाविक होइन। तर, सत्ता र प्रधानमन्त्री पद बहालवाला प्रधानमन्त्री ओलीको सहयोगमा प्राप्त गर्न खोज्नु चाहिँ साँच्चै अनौठो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ओली ‘अफर’का नाममा अल्मल्याउन चतुर नेता हुन्। यो कुरा महन्थले थाहा नपाउने कुरै भएन। यसका बाबजुद पनि उनले ओलीबाट आशा गर्नु भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नियति भोग्नु हो। प्रचण्ड र ओलीको सम्बन्ध कहिले पनि हितैषी थिएन। यद्यपि, प्रचण्डले पटक–पटक सम्झौता गरेर ओलीलाई साथ दिए। यसमा प्रचण्डको आलोपालो प्रधानमन्त्री हुन पाउँछु भन्ने आश थियो। पछि ओलीको चतुर्याईंसँग नसकेर उनले त्यसलाई कार्यकारी अध्यक्षको पदसँग साटे। तर, व्यवहारमा कार्यकारी अध्यक्ष हुन पनि पाएनन्। पार्टी एकतासँग जोडिएको प्रचण्डको सपना अहिले दुःखान्त मोडमा उभिएको छ।

‘अपमान’को रहर    
प्रधानमन्त्री ओली वचनमा प्रतिबद्ध हुन्थे भने राजनीतिमा फरक परिदृश्य निर्माण भइसकेको हुन्थ्यो। ओलीले वाचा पुरा गर्थे त वामदेव गौतम एमालेको अध्यक्ष र प्रधानमन्त्री दुवै भइसकेका हुन्थे। प्रचण्ड तेश्रो पटक प्रधानमन्त्री बनिसक्थे। एमाले र माओवादीको चुनावी गठबन्धनपछि एक भएको नेकपाको एकल अध्यक्ष पनि भइसकेका हुन्थे। सत्तारोहन गरेपछि ओलीले सहयात्री दलको नेतालाई अपमान गर्न केही बाँकी राखेनन्, जुन अपमान महन्थले उठाउँदै आएको संविधान संशोधनको विषयसँग पनि जोडिन्छ।

महन्थ र उनको दलको दुईवटा प्रमुख मागहरू देखिन्छन्। उनी आफ्नो दलबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई चाहन्छन्। साथै संविधान संशोधन पनि। तर, संविधान संशोधनमा ओली कति अनुदार छन् भने मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनको प्रस्ताव लगेकै कारण तत्कालीन उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अपमानित हुनु परेको थियो। प्रधानमन्त्री ओली अहिले पनि संविधान संसोधनको विषय सुन्न चाहँदैनन्। 

यतिबेला संविधान संशोधनको विषय खासै चर्चामा पनि छैन। रेशम चौधरीको रिहाईका निम्ति वार्ताको प्रहसन भने चलिरहेको छ। जसपाको उदेश्य र कानुनी व्यवस्थामा तालमेल नहुँदा रेशम चौधरीको रिहाई उति सहज भने देखिँदैन। यसका बाबजुद महन्थले सपना देख्नु भनेको ओलीलाई सत्तामा विराजमान गराएर आफूले प्रचण्डको नियति भोग्नु मात्र हो।

महन्थ मनोविज्ञान पनि आम राजनीतिको भन्दा फरक हुन भने सक्दैन। भलै उनले अन्य नेताको तुलनामा बढी निष्ठा र त्याग देखाए। तर, उनको राजनीति त्याग र निष्ठाको लागि मात्र हैन। अन्ततः त्यो शक्ति प्राप्तिको खेल पनि हो। महन्थले सोचेका पनि होलान्- अहिले नलिए कहिले लिने? यस्तो परिस्थिति फेरि निर्माण नहुन पनि सक्छ। भोलि कुनै पद दिलाउनको लागि पार्टीको हैसियत नहुन पनि सक्छ। साथै, अब उमेरले पनि डाँडा काट्दै गएको छ। अहिले भएन भने पछि उमेर र स्वास्थ्यले पनि साथ नदिन सक्छ। यी तमाम कुराले पनि महन्थ लोभिएका हुन सक्छन्। तर, यसरी नै लोभिएर ओलीको साथ दिए भने महन्थको निष्ठा र त्यागको छबि माटोमै मिल्ने निश्चितप्रायः छ। 

ओलीको षडयन्त्र साथै आफ्नो त्याग र निष्ठाको इतिहासबारे महन्थलाई जानकारी नहुने कुरा भएन। यसका बाबजुद पनि उनी अल्मलिनु आफैंमा बुझिनसक्नु छ। महन्थको अलमलले कांग्रेस र माओवादी पनि दोमनमा छन्। समग्रमा महन्थको अलमलमा सिंगो राजनीति अलमलिइरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्