• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सिकिस्त कोरोना संक्रमितलाई प्लाज्मा जुटाउन उपयोगी बन्दै ‘प्लाज्मा एप’

64x64
पुष्पा केसी बुधबार, वैशाख २२, २०७८  ०७:००
1140x725

काठमाडौं- नेपालमा कोरोना संक्रमणको दर दैनिक उच्च विन्दुमा उक्लिने क्रम जारी छ। संक्रमित थपिँदै जाँदा गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढ्दै गएको छ।

अर्कोतर्फ, सबै अस्पतालका बेडहरू भरिएका छन्। अक्सिजन, भेन्टिलेटर तथा आईसीयू लगायतको अभाव बढ्दै गएको छ। यसले कोरोना संक्रमितको उपचारमा थप जटिलता निम्त्याइरहेको छ।

सामाजिक सञ्जालहरूमा अहिले ‘कोरोना संक्रमित गम्भीर बिरामीका लागि प्लाज्मा चाहियो’ भन्दै स्टाटस राख्ने क्रम बढेका छन्। तर, प्लाज्मा दिने व्यक्ति भेट्टाउन निकै कठिन भइरहेको छ। निकै कमले मात्र प्लाज्मा पाइरहेका छन्।

यही बीचमा एउटा एपले प्लाज्मा खोजी गर्नेहरूलाई सहज बनाइरहेको छ। ‘प्लाज्मा एप’, जसले प्लाज्मा आवश्यक पर्ने र दिन चाहनेहरूलाई एकै ठाउँमा जोडिदिएको छ। यसबाट धेरैले फाइदा लिइरहेका छन्।

कसरी सुरू भयो ‘प्लाज्मा एप’
गत वर्ष कोरोना संक्रमणको दर तीव्र फैलिरहेको थियो। विश्वलाई नै कोरोनाले आतंकित बनाइरहेका बेला नेपालमा पनि त्यसको असर र संक्रमण फैलिँदै थियो। कोरोना संक्रमितले उपचार नपाएकोदेखि अनेकौँ समाचार सञ्चारमाध्यमका प्रमुख शीर्षक बनिरहेका थिए। 

कोरोना संक्रमितको उपचारका लागि विश्वभर अनेक विधिको परीक्षण/प्रयोग भइरहेको थियो। त्यसमध्ये एउटा थियो प्लाज्मा थेरापी। नेपालमा पनि यो पद्धति भित्रियो। डाक्टरको सिफारिसमा प्लाज्मा विधिबाट कोरोना संक्रमितको उपचार हुने भएपछि नेपालमा पनि यसको माग बढ्न थाल्यो। त्यसैलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याए।

‘दिनभर घरमा बस्दा ८/१० वटा फोन नै विभिन्न ब्लड ग्रुपका लागि प्लाज्मा चाहियो भनेर आउन थाल्यो। यसका लागि के गर्न सकिन्छ? अहिले सबैभन्दा बढी आवश्यकता भनेकै प्लाज्मा रहेछ भन्ने लाग्यो,’ पौडेल भन्छन्, ‘मैले केही साथीहरूसँग सरसल्लाह गरेर प्लाज्मा एप सञ्चालन गर्ने निधो गरेँ। जसमा प्लाज्मा चाहिने र दान गर्नेले पनि आफ्नो फोन नम्बरसहितको विवरण उल्लेख गर्न सक्नेगरी एपको विकास गरियो।’

प्रदीप पौडेल, एप सञ्‍चालक तथा नेता नेपाली कांग्रेस

कोरोना महामारीमा बाहिर निस्कन नसक्ने अवस्थामा प्लाज्मा लिने र दिने दुवैलाई एकै स्थानमा जोड्ने पुलका रूपमा प्लाज्मा एपको विकास गरियो। जसले गर्दा कोरोना संक्रमितलाई प्लाज्मा आवश्यकता पर्‍यो भने कुनै अस्पतालमा, कुनै व्यक्तिलाई, रेडक्रसमा सम्पर्क गरिरहनु परेन। यदि प्लाज्माका लागि सम्पर्क गर्दा पनि भेटिएन भने त्यसको विकल्पका रूपमा एप डाउनलोड गरेर प्लाज्मा लिन र दिन सकियो। 

nimb
nimb
Ncell 2
Ncell 2

प्लाज्मा दिनेको टेलिफोन नम्बर पनि ‘प्लाज्मा एप’मै उपलब्ध हुन्छ र लिन चाहनेले आफ्नो लोकेसन मिल्ने डोनरसँग उपलब्ध नम्बरमा सम्पर्क गर्न सक्छन्।

‘अघिल्लो पटक पोखरामा एक जना कोरोना संक्रमितलाई प्लाज्मा चाहिएको रहेछ। पोखराबाटै एपमा फर्म भरेपछि काठमाडौंबाट आफ्नै खर्चमा प्लेनमार्फत पोखरा पुगेर एक जना सरकारी वकिलले प्लाज्मा दिए,’ पौडेलले अघिल्लोपटकको घटना सुनाए।

अघिल्लोपटक प्लाज्मा लिनेभन्दा दिनेको संख्या धेरै थियो। ‘ओ पोजिटिभ’ प्लाज्मा दिन चाहने धेरै थिए, लिन चाहनेको संख्या थोरै। यस्तै, ‘ए नेगेटिभ’ लिन चाहने धेरै थिए भने दिन चाहने कम थिए। र, एक दुई दिन पर्खंदा दिन चाहने मान्छे भेटिन्थे। तर, अहिले लिन चाहनेको संख्या धेरै छ। दिन चाहनेहरू भने नभेटिएको पौडेलले बताए।

‘अस्ति एक जनाले एपमा गएर फर्म भर्नुभयो। र, मलाई फोन पनि गर्नुभयो। यो एपमा शशांक श्री न्यौपाने भाइ, हामीसँगै छौं। उहाँलाई पनि मैले भनें। त्यसपछि हामीले फेसबुक स्टाटस पनि लेख्यौं,’ पौडेलले भने, ‘तर, दुई दिनको बीचमा दिन चाहने भेटिएनन्। अहिले प्लाज्मा लिन चाहने धेरै हुँदा, दिन चाहने भने भेटिएको छैन।’

निषेधाज्ञा जारी भएपछि एक/दुई जनाबाहेकलार्ई प्लाज्मा उपलब्ध गराउन नसकिएको उनले बताए। प्लाज्माको माग बढी हुँदा अभाव खड्किएको छ। अन्य फोनभन्दा अहिले पौडेललाई प्लाज्मा चाहियो भनेर फोन गर्नेहरू नै धेरै छन्।

‘प्लाज्मा एप’ सञ्चालनमा ल्याए पनि त्यसको प्रचार हुन नसकेका कारण पनि प्लाज्मा दिने भेटिन गाह्रो भएको पौडेलको अनुमान छ। अहिले पनि दिनहुँजसो अस्पतालमा आईसीयू उपलब्ध गराइदिनु, अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिदिनु भनेर देशभरबाट उनलाई फोन आउने गरेको छ। अस्पतालमा चिनेजानेकाहरूलाई आग्रह गर्दै आए पनि उनीहरूले आईसीयू, भेन्टिलेटर, बेड नभएको बताउने गरेका छन्। अहिलेको अवस्थामा ‘जनरल वार्ड’ पनि खाली छैन।

प्लाज्माका लागि एप बनाएजस्तै अहिले कुन-कुन अस्पतालमा आईसीयू, भेन्टिलेटर, बेड खाली छ त्यसको सूचना दिन डिजिटल एपको जरूरी रहेको पौडेल बताउँछन्। महामारीसँग जोडिएका अन्य सूचना दिन पनि यस्तै डिजिटल माध्यमको प्रयोग आवश्यक रहेको उनको सुझाव छ।

कसरी डाउनलोड गर्ने ‘प्लाज्मा एप’?
प्लाज्मा एप एनड्रोइड फोनमा मात्रै उपलब्ध छ। प्ले स्टोरमा Plasma App डाउनलोड गर्न सकिन्छ। त्यहाँ प्लाज्मा दिने र लिने दुवैले लागि फरक-फरक विवरण भर्नुपर्ने हुन्छ।

प्लाज्मा दान गर्न चाहनेको नाम, ठेगाना, ब्लड ग्रुप, फोन नम्बर मागिएको हुन्छ। लिन चाहनेले पनि नाम, ठेगाना, ब्लड ग्रुप, बिरामी राखिएको अस्पताल, फोन नम्बरलगायत केही विवरण भर्नुपर्ने हुन्छ।

के हो प्लाज्मा?
प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो। रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा देख्न सकिन्छ। यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पुर्‍याउने काम गर्छ। रगतमै पाइने एन्टिबडी पनि एक किसिमको प्रोटिन हो। यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ।

कस्ता व्यक्तिले प्लाज्मा दिन मिल्छ?
ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा. विपिन नेपालका अनुसार कोरोना संक्रमण पुष्टि भएको २८ दिनपछि प्लाज्मा दान गर्न सकिन्छ। र, कम्तीमा तीनदेखि चार महिनाभित्रमा दान गरिसक्नुपर्छ।

कोरोना संक्रमितले बीचमै कोरोनाविरुद्ध एक वा दुई डोज खोप लगाएका छन् भने त्यस्ता व्यक्तिले छ महिनाभित्र प्लाज्मा दिन सकिन्छ। एन्टिबडी परीक्षण गर्दा शरीरमा एन्टिबडी उच्च मात्रामा छ भने पनि सातदेखि आठ महिनासम्म प्लाज्मा दान गर्न सकिन्छ।

के हो प्लाज्मा थेरापी?
कुनै मानिस कोरोना भाइरस संक्रमणमुक्त भएको छ भने उसमा रोग प्रतिरोधी एन्टिबडी विकास भएको हुन्छ। त्यसैमार्फत् नयाँ बिरामीको उपचार गर्ने गरिन्छ। एन्टिबडीको सहयोगले कोरोना संक्रमित बिरामीको रगतमा मिसाएर उपचार गरिन्छ। चिकित्सकहरु प्लाज्मा थेरापीलाई प्रभावकारी उपचार पद्धति भएको बताउँछन्। 

कुनै बिरामीको शरीरमा भएको एन्टिबडी ऊ ठीक भएको १४ दिनभित्र झिक्न सकिने चिकित्सकहरू बताउँछन्। कोरोना संक्रमणमुक्त भएका सबैको प्लाज्माबाट सबै कोरोना संक्रमितको उपचार गर्न सकिन्छ भन्ने हुँदैन। प्लाज्मा लिनेदिने दुवैको रगतको समूह पनि मिल्नुपर्छ। 

गत साउन १८ मा नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएको थियो। विराट नर्सिङ होमका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा ज्ञानेन्द्रमान कार्कीको उपचार प्लाज्मा थेरापीका माध्यमबाट सफल भएको थियो। त्रिवि शिक्षण अस्पतालमा कार्कीको उपचार प्लाज्मा थेरापीबाट सफल भएपछि कोरोना संक्रमणबाट निको भएकाबाट प्लाज्मा खोज्नेको संख्या बढ्दै गएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त बुधबार, भदौ ३, २०८३
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री कार्यालयसहित सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्