काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक बिहीबार ४ बजेको लागि बोलाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निर्वाचन आयोगलाई केन्द्रीय सदस्यहरूको हस्ताक्षर बुझाउने विषयमा छलफल हुने केन्द्रीय सदस्य देवेन्द्र पौडेलले जानकारी गराए।
बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिने बताइएको छ।
गत जेठ ३ मा एकीकरण भएका पूर्वएमाले र माओवादी केन्द्रका तर्फबाट छानिएका सदस्यहरुको नामावली सहितको हस्ताक्षर आयोगलाई बुझाउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।