काठमाडौं– वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञा वैशाख महिनाभर जारी रहने निर्णय भइसकेको छ।
निषेधाज्ञासँगै सरकारले निजी तथा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको थियो। तर, हवाई उडान भने यथावत राखेको थियो। हवाई उडानमा पनि भिडभाड भएको भन्दै अन्ततः सरकारले वैशाख २० गते सोमबार रातिबाट बन्द गरेको छ।
उपत्यका छोडने र उपत्याका आउनेका लागि निषेधाज्ञामा हवाई यातायात एउटा विकल्प बनको थियो। तर, कोरोना रोगथामा लागि लगाइएको निषेधाज्ञामा हवाई उडान हुँदा असजह भएको भन्दै पुन बन्द गर्ने निर्णय भएको छ। बन्दको निर्णय भए पनि कहिलेबाट खुला गर्ने निर्णय भने भएको छैन।
५ दिनसम्मको निषेधाज्ञामा सञ्चालन भएको आन्तरिक हवाई उडानबाट २० हजार ३ सय ६ जनाले कााठमाडौं उपत्यका छोडेका छन्। जसमा १६ गते पहिलो दिन ५ हजार ४ सय ५३ जना, १७ गते ४ हजार १८ गते ३ हजार ९ सय ३७, १९ गते ३ हजार ९ सय ३४ र २० गते २ हजार ८ सय ९९ जनाले आन्तरिक उडानमार्फत काठमाडौं छाडेका हुन्।
यसैगरी, निषेधाज्ञाको ५ दिनमै १३ हजार ६ सय ६१ जना आन्तरिक हवाई मार्ग हुँदै देशका विभिन्न ठाउँबाट काठमाडौं प्रवेश गरेका हुन्।
निषेधाज्ञाको पहिलो दिन वैशाख १६ गते २ हजार ८ सय ६९ जना, १७ गते २ हजार १ सय ९३ जना,वैशाख १८ गते २ हजार ५ सय २ जना, १९ गते ३ हजार २ सय ९१ र २० गते २ हजार ८ सय ६ जना आन्तरिक हवाई मार्गबाट काठमाडौं प्रवेश गरेका हुन्।
निषेधाज्ञाको ५ दिनमा आन्तरिक हवाई उडानबाट यात्रा गर्ने यात्रुको कुल संख्या भने ३३ हजार ९ सय १४ छ। जसमा १६ गते ८ हजार २ सय ६९, १७ गते ६ हजार २ सय ७६, १८ गते ६ हजार ४ सय ३९, १९ गते ७ हजार २ सय २५ र २० गते ५ हजार ७ सय ५ जनाले हवाई यात्रा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।