काठमाडौं– कोरोना महामारीकै समयमा विदेशीने नेपालीकाे संख्या डेढ लाख नाघेकाे छ।
अध्यागन विभागका अनुसार सन् २०२१ को पहिलो चार महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १ लाख ७७ हजार ९ सय ७१ नेपाली विदेशीएका हुन्।
अप्रिलमा मात्रै ५१ हजार ७ सय ५७ नेपाली बिदेशीएका थिए। यसैगरी मार्चमा ४९ हजार ५, फेब्रुअरीमा ३७ हजार २ सय ६३ र जनवरीमा ३९ हजार ९ सय ४६ नेपालीले देश छोडेकाे विभागले जनाएकाे छ।
यसैगरी, ४ महिनामै ४१ हजार ३ सय ४५ विदेशीले त्रिभुवन विमानस्थल हुँदै नेपाल छोडेका छन्। विभागमा अनुसार अप्रिलमा १७ हजार ५ सय ७७, मार्चमा ९ हजार ५ सय ८७,फेब्रुअरीमा ६ हजार ८ सय ८९ र जनवरीमा ७ हजार २ सय ९२ विदेशी नागरिकले नेपाल छोडेका हुन्।
विभागमा अनुसार ४ महिनामा नेपाल छाड्ने विदेशी तथा नेपाली नागरिकको संख्या २ लाख १९ हजार ३ सय २४ रहेको छ।
अप्रिलमा ६९ हजार ३ सय ५२ जना, मार्चमा ५८ हजार ५ सय ८२, फेब्रुअरीमा ४४ हजार १ सय ५२ र जनवरीमा ४७ हजार २ सय ३८ नेपाली तथा विदेशी नागरिक त्रिभुवन विमानस्थल हुँदै विश्वको विभिन्न देश पुगेको विभागले जनाएको छ।
भित्रिए २ लाख १० हजार नेपाली
पहिलो चार महिनाकै अवधिमा २ लाख १० हजार ४ सय २२ नेपाली विश्वको विभिन्न देशबाट स्वदेश फर्किएका छन्।
अप्रिलमा ५८ हजार ४ सय ४९, मार्चमा ५६ हजार २ सय ९३, फेब्रुअरीमा ४८ हजार ४ सय १३ र जनवरीमा ४७ जहार २ सय ६७ नेपाली विश्वका विभिन्न देशबाट त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्किएकाे विभागले जनाएकाे छ।
भित्रिए ५५ हजार ४ सय पर्यटक
चार महिनामा नेपाल भ्रमणमा आउने विदेशी नागरिकको संख्या ५५ हजार ४ सय ४७ रहेको छ।
अप्रिलमा सबैभन्दा बढी २२ हजार ४ सय ५० विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए।
यसैगरी, मार्चमा १४ हजार ९ सय ७७, फेब्रुअरीमा ९ हजार १ सय ४६ र जनवरीमा ८ हजार ८ सय ७४ जना विदेशी नागरिक नेपाल भित्रिएकाे विभागले जनाएकाे छ।
२ लाख ६५ हजार विदेशी तथा नेपाली भित्रिए
विश्वका विभिन्न देशबाट नेपाल आउने विदेशी तथा नेपाली नागरिकको संख्या २ लाख ६५ हजार ८ सय ६९ जना रहेका छन्।
जसमा अप्रिलमा ८० हजार ८ सय ९९, मार्चमा ७१ हजार २ सय ७०, फेब्रुअरीमा ५७ हजार ५ सय ५९ र जनवरीमा ५६ हजार १ सय ४१ जना रहेकाे विभागले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।