काठमाडौं– संघीय 8वादी फोरमका नेता प्रदिप यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान संशोधन नसमेट्नु खेदजनक भएको टिप्पणी गरेका छन्। आधा जनसंख्या रहेको आदिवासी जनजाती र मधेशीलाई सम्वोधन नगरिएको कुनै पनि सरकारको नीति तथा कार्यक्रम हुन नसक्ने उनले बताएका हुन्।
‘सरकारको ढुकुटी खाली छ तर रेलदेखि जलमार्ग बनाइदिने कुरा आयो।’, यादवले प्रश्न गर्दै भने,‘नेपालसँग त पैसा छैन। यसअघि अर्थमन्त्रीज्यूले नै संसदमा भन्नु भएको हो। अनि यत्रा योजना कुन देशले बनाइदिने हो, त्यो उल्लेख गर्नु पर्दैन?’
निजगढ फास्टट्र्याक खोक्रो राष्ट्रवादका कारण बन्न नसकेको आरोप लगाउँदै नेता यादवले फेरी बनाउने भनेर घोषणा गरिएपनि कति समयमा बन्ने भन्ने उल्लेख नभएको बताए। यही सरकारले पाँच वर्षभित्रै बनाउने हो भने पनि त्यसको उल्लेख नीति तथा कार्यक्रमा हुनुपर्ने उनले बताए।
उनले आफ्नो ४ बुदाँमा आफनो असहमती संसदमा प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमले संविधान संशोधनको विषय समेट्न नसकेको, हरेक अङ्ग र निकायमा समानुपातिक सहभागिता गराइने कुरा थप हुनुपर्ने, जनसंख्याको आधारमा र मानव विकास संसाधनका आधारमा बजेट दिने व्यवस्था हुनुपर्ने विषयलाई समेट्न नसकेको धारणा राखे।
प्रदेश सरकारलाई काम गर्न कर्मचारी र अन्य संरचना तत्काल हस्तान्तरण हुने कुरा नीति तथा कार्यक्रममा समेटिनु पर्ने उनको तर्क छ।
संसदमा आज सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुले आफ्नो विचार राखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।