काठमाडाैं- सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हाे।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार आन्तरिक हवाई उडान सोमबार मध्यरातिदेखि बन्द हुनेछ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएकाे छ।
शुक्रबार बसेको सीसीएमसी बैठकले भारत र टर्कीलगायत कोरोना संक्रमणको उच्च जोखिम रहेको देशमा अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो।
भारतमा कोरोना संक्रमित तीव्रगतिमा बढ्दै गएपछि अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलिया जस्ता देशले सिधा उडान स्थगित गरेको छ।
पछिल्लो दिन नेपाल ट्रान्जिट भएर विदेशिने भारतीयको संख्या बढ्दै गएको छ। यसैकारण नेपालमा पनि कोरोना संक्रमणको भयावह स्थिति आउनसक्ने भन्दै हवाई यात्रालाई प्रतिबन्ध लगाउन स्वास्थ्य विज्ञहरुले माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।