काठमाडाैं- काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी भएको दोस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर छ हजार २७६ जनाले हवाई यात्रा गरेका छन्। यो संख्या आन्तरिक उडानमार्फत काठमाडाैंबाट बाहिरिने र काठमाडाैं आउने यात्रुको हो।
विमानस्थल कार्यालयका अनुसार आज हवाईमार्ग प्रयोग गरी चार हजार ८३ यात्रु बाहिरिएका छन्। तीमध्ये बुद्ध एयरको उडानमार्फत् सबैभन्दा धेरै एक हजार ९२९ जनाले काठमाडाैं छाडेका छन्। त्यसैगरी यती एयरबाट एक हजार १७५, श्री एयरलाइन्सबाट ८१४, नेपाल एयरलाइन्सबाट ६१, तारा एयरबाट ५६ र समिट एयरबाट ४८ जनाले काठमाडाैंबाट विभिन्न जिल्लाको यात्रा गरेका छन्।
आज हवाईमार्ग प्रयोग गरेर दुई हजार १९३ जना काठमाडाैंमा भित्रिएका छन्। बुद्ध एयरले सबैभन्दा बढी एक हजार १०१ यात्रु भित्र्याउँदा यतीले ६९४, श्री एयरलाइन्सले ३०६, नेपाल एयरलाइन्सले ३४, ताराले ३२ तथा समिट एयरले २६ जना यात्रुलाई काठमाडाैंमा ल्याएका छन्।
आज आन्तरिकतर्फ कूल ७९ उडान भएका थिए। जसमध्ये बुद्धले ३५, यतीले २०, श्री एयरलाइन्सले १२, नेपाल एयरलाइन्स र तारा एयरले दुई/दुई तथा समिट एयरले दुई उडान भरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।