काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको दोस्रो दिन (शुक्रबार) त्रिभुवन विमानस्थलबाट ७७ उडान हुने भएको छ।
शुक्रबार नेपाल एयरलाइन्सले ४, बुद्धले ३५, यतिले २०, ताराले ४, श्रीले १२ र सम्मिटले २ उडान गर्ने बताइएको छ।
यसअघि निषेधाज्ञा जारी भएको पहिलो दिन आन्तरिक हवाइमार्ग प्रयोग गरेर ५४ सय यात्रु बाहिरिएका थिए।
बिहीबार एकै दिन १०४ आन्तरिक उडान भएको विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीबार साँझसम्म हवाइमार्गबाट ५ हजार ४५३ ले काठमाडौं छाडेका थिए भने २ हजार ८१६ यात्रु काठमाडौं भित्रिए्।
बिहीबार नेपाल एयरलाइन्सले ४, बुद्धले ४८, यतीले २७, ताराले ५, श्रीले १५ र सम्मिटले ५ उडान गरेको विमानस्थल प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।