काठमाडाैं- काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी भएकाे पहिलाे दिन आन्तरिक हवाइमार्ग प्रयाेग गरेर ५४ सय यात्रु बाहिरिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीबार साँझसम्म हवाइमार्गबाट ५ हजार ४५३ ले काठमाडौं छाडेका छन्।
यही अवधिमा २ हजार ८१६ यात्रु काठमाडाैं भित्रिएका छन्।
आज एकै दिन १०४ आन्तरिक उडान भएकाे विमानस्थलले जनाएकाे छ।
नेपाल एयरलाइन्सले ४, बुद्धले ४८,यतिले २७, ताराले ५, श्रीले १५ र सम्मिटले ५ उडान गरेकाे विमानस्थल प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।