काठमाडाैं- काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी हुने अघिल्लो दिन आन्तरिक हवाइमार्ग प्रयाेग गर्ने यात्रुकाे संख्या ह्वातै बढेकाे छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार साँझसम्म हवाइमार्गबाट ७ हजार ८६० ले काठमाडौं छाडेका छन्। यही अवधिमा ७ हजार ४०३ यात्रु काठमाडाैं भित्रिएका छन्। आन्तरिक उडानमा याे यात्रु अहिलेसम्मकै बढी हाे।
आज एकैदिन १४९ आन्तरिक उडान भएकाे विमानस्थलले जनाएकाे छ।
बुद्धले ७०,यतिले ३८, श्रीले १५ र अन्यले गरी १४९ उडान गरेकाे विमानस्थल प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए।
जसमा बुद्धकाे यात्रु मात्रै ७९ सयभन्दा बढी रहेकाे उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।