काठमाडौं– कोरोना रोकथामका लागि भन्दैै बिहीबारबाट काठमाडौं उपत्याकामा १५ दिन निषेधाज्ञा जारी हुँदै छ। निषेधाज्ञा जारी हुने भएपछि काठमाडौं छोड्न र कामका लागि काठमाडौं आउने हवाई यात्रुको संख्यामा उल्लेख वृद्धि आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार मात्रै १४ हजार ७ जनाले हवाई यात्रा गरेको छन्।
कार्यालयका अनुसार आन्तरिक हवाई उडानतर्फ यो अहिलेसम्मकै धेरै यात्रु हो। यसैगरी बुधबारका लागि आन्तरिक उडानतर्फ १ सय ४७ उडान तय भएको विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए।
बिहीबारबाट भने बुकिङ घटेको एयरलाइन्स कम्पनीहरुले जनकारी दिएका छन्।
निषेधाज्ञा जारी भएपछि यात्रु स्वत: घटने विकानस्थलको भनाइ छ।
यसअघि १३ गते १ सय २५ उडानमार्फत १२ हजार २ सय ५१ यात्रुले हवाई आन्तरिक हवाई यात्रा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।