काठमाडाैं- काेराेना महामारी बढेपनि सरकारले आन्तरिक हवाई उडान बन्द नगर्ने भएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान बन्द नगर्ने निर्णय गरेको हो।
काेराेना महामारी बढेसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ।
यस अवधिमा निजी तथा सार्वजनिक यातायातमा राेक लगाएकाे छ। तर, उडान रोक्ने वा नरोक्नेबारे केही उल्लेख गरिएको छैन।
कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरेकाे थियाे। तर, सरकारले हवाई यात्रालाई बैकल्पिक मानेकाे छ।
सरकारले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर आन्तरिक हवाई उडान सञ्चालन गर्न दिइने जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।