काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काेराेना संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ।
सोमबार विज्ञप्ति जारी गर्दै काेराेना संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्था आएकाे उनले बताएका छन्।
‘संक्रमण दर तीव्र गतिमा बढेको छ भने संक्रमणबाट गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या पनि बढ्दो छ। संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ। यसमा गम्भीर हुन सरकारलाई आग्रह गर्छु,’ उनले भनेका छन्।
यस्तै,उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन्।
‘महसुस भएको थियो। पछि चीनबाट पनि आठ लाख खोप नि: शुल्क प्राप्त भई वितरण हुँदैछ। यस सहयोगका लागि दुबै मित्रराष्ट्रलाई धन्यवाद। थप खोप ल्याउनेबारे सरकारले ठोस योजनासहित कुटनीतिक सक्रियता बढाउन पनि सरकारसँग आग्रह गर्छु,’ उनले भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।