विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ ६ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न अधिवेशन बोलाउने सिफारिस गरेको हो।
बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशन सुरु हुनेछ।
मन्त्री पराजुलीले योजना आयोगमा मनिता घिमिरे लाई नियुक्त गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।