काठमाडौं– त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा सुशीलबहादुर बज्राचार्यले पाएका छन्। प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।
अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि उनलाई निमित्तको जिम्मेवारी दिइएको हो। अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा दीपक अर्यालले राजीनामा दिएका थिए ।
विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ। आवेदन दिन १० दिनको समय दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।