काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिकाे जिम्मेवारी प्राध्यापक डा. नारायणप्रसाद पौडेललाई दिइएकाे छ । सरकारले अध्यादेश ल्याएपछि रिक्त रहेकाे उपकुलपतिकाे जिम्मेवारी पाैडेललाई दिइएकाे हाे ।
पाैडेलले यसअघि विश्वविद्यालयकाे रजिस्ट्रार भएर काम गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पदपूर्ति नभएसम्मका लागि पाैडललाई दैनिक कार्य सञ्चालन गर्न उपकुलपतिकाे जिम्मेवारी दिएकाे हाे ।
सरकारले अध्यादेश ल्याएर यसअघिका उपकुलपति प्राध्यापक डाक्टर ध्रुवकुमार गाैतम पदमुलाई पदमुक्त गरेकाे थियाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।