• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

नगद अनुदानको सट्टा कामसँगै राहत वितरण हुनुपर्छ

शेखर गोल्छा सोमबार, वैशाख १३, २०७८  १६:५९
1140x725

महामारी र त्यसबाट सिर्जित सामाजिक आर्थिक समस्याको सामना गर्नु परेको एक वर्ष पूरा भएको छ। हामी संवेदनशील समयमा बजेट निर्माणमा जुटेका छौं। गत आर्थिक वर्ष र चालु वर्षको पहिलो त्रैमासमा पनि अर्थतन्त्र ऋणात्मक रह्यो। नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० (नेट २०३०) ले चालु आर्थिक वर्षमा २.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। कोरोनाको दोस्रो लहरले अर्थतन्त्र पूरै ठप्प नभए यो वृद्धि सम्भव छ।

आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्र पूर्णयता लयमा फर्किने आकलन छ। दुई वर्षको न्यून वृद्धिपछि आगामी आर्थिक वर्षमा १०.४ प्रतिशतको वृद्धि हुने प्रक्षेपण नेट २०३० को छ। जसले ठूलो रोजगारीको माग गर्नेछ। नेट २०३० ले आगामी १० वर्षमा २३ लाख थप रोजगारी हुने प्रक्षेपण गरेको छ।

आगामी १० वर्षको विश्लेषण गर्दा सबैभन्दा धेरै सन् २०२२ र सन २०२५ मा वृद्धि र रोजगारीको माग हुने देखिन्छ। तर, नेट २०३० को कार्यान्वयन तत्काल शुरु गर्नुपर्नेछ। कोभिडपछिको पुनरुत्थानसहित १० प्राथमिकताप्राप्त क्षेत्र नेट २०३० मा समेटिएका छन्।

जसमा हामीले सजिलै कार्यान्वयन गर्न सक्ने सय योजना छन्। सयमध्ये ४० योजनाको कार्यान्वयन तत्काल शुरु गर्न सकिन्छ। महासंघले आगामी आर्थिक वर्षको बजेट सुझाव तयार पार्दा नेट २०३० लाई आधार बनाएको छ। सीमित स्रोत भएको मुलुकका असीमित आवश्यकता पूरा गर्नुपर्ने चुनौती बजेटमा रहन्छ। त्यसैले यसपटकको बजेट मुख्यगरि निम्न क्षेत्रमा बढी केन्द्रित हुनुपर्ने देखिन्छ। 

  • महामारी नियन्त्रण एवं स्वास्थ्य सेवा विस्तार
  • प्रभावकारी राहत र पुनरुत्थान कार्यक्रम
  • कृषि इकोसिस्टमको पुनर्संरचना  
  • सार्वजनिक सेवामा प्रविधि र सुशासन
  • पूर्वाधार विकास
  • निजी क्षेत्र प्रोत्साहन विशेष कार्यक्रम

अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई फैलिन नदिनु हो। पहिचान, परीक्षण र उपचार गर्न अघिल्लो वर्षको भन्दा बढी आवश्यक छ। स्थानीय तहमा शिलान्यास भएका अस्पताल र अन्य संरचनाको पनि शीघ्र सञ्चालन आवश्यक छ। स्थानीय तहले न्यूनतम सुविधासहितको अस्थायी आइसोलेसन, क्वारेन्टिन र अस्थायी अस्पताल निर्माण गर्नुपर्नेछ। अक्सिजनको पर्याप्त आपूर्तिको सुनिश्चितता गरिनुपर्छ।

काम नभएर गाउँतिर हिँडेका व्यक्तिहरूको व्यवस्थापन फेरि आवश्यक हुनसक्छ। नगद अनुदानको सट्टा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनासँग जोडेर कामसँगै राहत उपलब्ध गराउनु उपयुक्त हुन्छ। कोरोनाबाट प्रभावित लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जन लगायतका व्यवसायमा सरकारद्वारा गत वर्ष घोषणा भएका बैंकिङलगायत सबै सहुलियत कम्तिमा दुई वर्ष थप्नुपर्ने छ। केही थप गर्नुपर्ने आवश्यकता पनि छ।

कृषिको व्यावसायिकरण वा आधुनिकीकणका लागि विभिन्न प्रयास दशकौंदेखि भइरहेका छन्। तर, यसमा उल्लेखनीय उपलब्धि हासिल हुन सकेको छैन। त्यसैले अब कृषि इकोसिस्टमकै पुनर्संरचना आवश्यक छ।

खेतदेखि चुलोसम्मकै प्रणाली पुनर्विचार नगरि लाभ लिन नसकिने देखिएको छ। नाफामूलक कृषिमा नगइ हुँदैन। ई-हाटबजार जस्ता नयाँ योजनाले सुधार ल्याउँछ। उद्योग र कृषिमा रहेको भूमि सम्बन्धी हदबन्दी हटाउनुपर्छ। सर्वसाधारण र व्यवसायीले सरकारबाट पाउने सेवाको गुणस्तरका विषयमा बारम्बार गुनासो गरिरहेको हुन्छ। अब प्रविधिको उच्चतम प्रयोगबाट सुशासन कायम गर्नेतर्फ बजेटले विशेष पहल गर्नु आवश्यक छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसका लागि हरेक पालिकामा तीब्र गतिको इन्टरनेट सेवाको पहुँच आवश्यक छ। शिक्षामा सबैको पहुँच बढाउन गरिब परिवारका बालबच्चालाई नि:शुल्क कम्प्युटर र इन्टरनेट स्थानीय सरकारमार्फत् उपलब्ध गराउनु पर्नेछ। बजार अनुगमन प्रक्रिया मर्यादित हुनुपर्ने र एकद्वारा अनुगमन हुनुपर्ने देखिन्छ। कालोबजारी ऐन जस्ता पुराना कानुन खारेज हुनुपर्छ।

यसैगरी, निजी क्षेत्रसँग प्रत्यक्ष सरोकार भएका नीति, ऐन-नियम बनाउँदा अनिवार्य रूपमा निजी क्षेत्रसँग छलफल गरेर मात्रै बनाउनुपर्छ। दोस्रो लहर आएपनि रोजगारी अभिवृद्धि गर्न सक्ने र आर्थिक महत्व बोकेका आयोजनाको निर्माण अवरुद्ध हुन दिनु हुँदैन। जसमा राष्ट्रिय गौरवका आयोजनाको पुनर्संरचना गरि काम अघि बढाउनुपर्छ।

औद्योगिक पूर्वाधारतर्फ विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, निर्यात प्रशोधन जोन, आईटीपार्क समेतको प्रवर्द्धन गर्नेगरि शक्ति सम्पन्न स्वतन्त्र नियमन एवं प्रवर्द्धन निकाय स्थापना गर्नुपर्नेछ। पूर्व-पश्चिम रेलमार्ग प्राथमिकतामा रहनुपर्छ। 

कुल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा १४ प्रतिशत हाराहारी छ। जसमा उत्पादनमूलक क्षेत्रको मात्र हेर्ने हो भने करिब साढे पाच प्रतिशत छ। नेट २०३० मा उल्लेखित कार्यक्रम कार्यान्वयन हुन सके १० वर्षमा समग्र उद्योग (उत्पादनमुलक, निर्माण लगायत) को अर्थतन्त्रमा हिस्सा २३ प्रतिशत पुर्‍याउन सकिन्छ। 

Xtrem

Xtrem

नेट २०३० मा धेरै अन्तरसम्बन्धित विषय छन्। यसमा विस्तृत अबको प्रस्तुतिमा रहने नै छ। तर, पनि केही विषय जस्तो कि निजी विद्युत आयोजनाबाट उत्पादित बिजुली व्हीलिग चार्ज तिरेर सिधै उद्योगलाई बेच्न पाउने व्यवस्था हुनुपर्नेछ। तयारी वस्तु र कच्चा पदार्थबीचको भन्सार महसुलमा दुई तहको फरक हुनुपर्छ।

नेपाल उद्योग वाणिज्य महासंघले ५० लगानीकर्ता ५० उद्यमी कार्यक्रम शुरु गरेको छ। यो निजी क्षेत्रबाट थालिएको विशेष र पृथक योजना हो। तर, स्टार्टअपको विकासका लागि सरकारले विशेष र पृथक नै योजना बनाउन आवश्यक हुन्छ। पछिल्लो दशकमा विशेष गरि जलविद्युत उत्पादन प्रसारण र वितरणमा संसारभर नै धेरै परिवर्तन आएको छ। नेपालमा पनि लोडसेडिङ हटेको छ तर, सुक्खा मौसममा आधा भन्दा बढी बिजुली भारतबाट आयात भइरहेको छ। आयात प्रतिस्थापन गर्न सक्ने वस्तुको नै आयात बढिरहेको छ।

भारतमा बिजुलीको भाउ घट्दै गइरहेको छ भने बंगलादेशबाट माग आइरहेको छ। यस्तो अवस्थामा जलविद्युत उत्पादन एवं प्रसारण रणनीति बनाउन आवश्यक छ। महासंघ उक्त रणनीति बनाउने कार्यको नेतृत्व लिन तयार छ। संयुक्त राष्टसंघले पनि ५ वर्षको संक्रमणकालपछि नेपाल अतिकम विकसित मुलुकबाट माथि उक्लिने गरि एक प्रकारको सहमति दिइसकेको छ। तर, यसले के असर गर्छ भन्ने कुरामा न पहिले धेरै गृहकार्य भयो न अहिले हुँदैछ। यो निक्कै चुनौतीपूर्ण रहेको कुरा आगामी दिनले देखाउने नै छ।

आजको मितिमा हेर्दा कम्तीमा २० प्रतिशत निर्यात प्रभावित हुनेछ। विज्ञहरूले सबै प्रभावित हुँदैन, केही सहुलियत त पाइहालिन्छ नि भन्नु भएको छ। तर, भोलि त्यसको ग्यारेन्टी के ? पाइने नै हो भने कसरी पाइन्छ भनेर अहिलेदेखि नै कम भन्दा कम क्षती हुने गरि काम गरौं। 

अब हामीले रणनीति बनाउनुपर्छ। हामीले उद्योग वाणिज्य महासंघमा यसको तयारी थालिसकेका छौं। हाम्रो राष्ट्रिय आर्थिक रूपान्तरण २०३० (भिजन पेपर) को एक प्रमुख इनिसिएटिभ्समा स्तरोन्नतिपछिको निर्यात रणनीति छ। हाम्रो निर्यात प्रवर्द्धन समितिले यसमा काम गर्नेछ। सरकारले पनि विश्व व्यापार संगठनमा १२ वर्षको संक्रमणकालीन अवधिका लागि पहल गर्नुपर्छ। बंगलादेश यसमा तयार देखिन्छ। यस्तै मुलुक मिलेर काम गर्न सकिन्छ।

महामारी केही समय रहने र तत्पश्चात पनि प्राकृतिक स्थानमा उच्च मूल्य अभिवृद्धिसहितको पर्यटन गन्तव्यको माग हुने देखिन्छ। माइसलगायतका पर्यटनमा विशेष पहल आवश्यक छ। विज्ञान सूचना प्रविधितर्फ ग्लोबल इनोभेसन इन्डेक्स २०२० अनुसार नेपाल संसारका १ सय ३१ मुलुकमध्ये ९५औं स्थानमा छ। यसमा सुधारका लागि विशेष पहल आवश्यक छ।

साना-मझौला उद्यममा परेको समस्याबारे विभिन्न अध्ययन भएका छन्। पुँजी र माग अभावमा कम्तीमा ४० प्रतिशत यस्ता उद्यम समस्यामा रहेको हाम्रो आकलन छ। त्यसैले विशेष, साना तथा मझौला उद्यम विकास कार्यक्रम आवश्यक छ।

महिला उद्यमशीलता विकासका लागि सातैवटा प्रदेशमा महिला उद्यमीहरूका लागि औद्योगिक ग्रामका साथै उत्पादित वस्तुहरूको बिक्री कक्ष स्थापना गर्नु आवश्यक छ। मुलुकमा उदारीकरण शुरु भएको तीन दशक भएको छ। अब दोस्रो चरणको सुधार आवश्यक छ। जसले विश्वमा भएको परिवर्तनलाई समेत आत्मसात गरि उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्नेछ।

अन्तर्राष्ट्रिय बजारको गतिशीलतालाई मध्यनजर गरि सेवा एवं वस्तु निर्यातको सम्भाव्यता पहिल्याउनेछ। वौद्धिक सम्पत्तिका बिषयमा बढ्दै गएका चुनौती  सामाना गर्ने छ। सबैभन्दा पहिले सम्पत्ति अभिलेखीकरणको अवसर सरकारले प्रदान गर्नुपर्छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ लागू हुँदा अहिले जस्तो प्रभावकारी लेखा राख्ने व्यवस्था नभएको र धेरैजसो क्षेत्र राजस्वको दायरामा नसमेटिएको वा तत्कालीन अवस्थामा छुट पाइरहेको हुँदा हालसम्म उक्त ऐन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको छैन। ऐनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक वर्ष २०७८/७९ मा एक पटक सम्पत्ति अभिलेखीकरणको अवसर प्रदान गर्नुपर्ने आवश्यकता छ। 

नीतिगत सुधारले राजस्व प्रशासन र संकलनमा पनि सुधार हुनेछ। राजश्व सम्बन्धी विभिन्न कानुनी व्यवस्थाहरू कार्यान्वयनका क्रममा उद्यमी व्यवसायीले प्रक्रियागत समस्या भोग्नु परिरहेको छ। यस्तो अवस्थामा एकीकृत कानुन निर्माणसँगै कर प्रशासनको पुनर्संरचना, प्रविधिको प्रयोग र दर समायोजन आवश्यक छ। 

धेरै मुलुकले लगानी आकर्षित गर्न संस्थागत आयकरको दर घटाइसकेको सन्दर्भमा प्रतिष्पर्धी व्यवसायिक वातावरणका लागि नेपालमा पनि दर घटाउन आवश्यक छ। यसैगरी, द्वन्द्वका बेला बढाइएको मूल्य अभिवृद्धि करको दरलाई अहिलेसम्म समायोजन गरिएको छैन। हाम्रो माग १३ प्रतिशतको दरलाई १० प्रतिशतमा झार्नुपर्छ। यो व्यवसायीको हितका लागि मात्र होइन। यसले उपभोक्ताको क्रयशक्ति बढ्छ र समग्र अर्थतन्त्रमा गुणात्मक प्रभाव पर्नेछ। 

(आगामी बजेटका विषयमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले राखेको विचार)

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान मंगलबार, असोज १३, २०८३
फर्जी मतपत्र भेटिएपछि सिन्धुपाल्चोक–२ कांग्रेस अधिवेशन रोकियो मंगलबार, असोज १३, २०८३
दुई सहसचिव सचिवमा बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्