• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपाको एक वर्ष : ओलीविरुद्ध शुरु भएको मोर्चावन्दी ओलीकै कारण धरापमा!

64x64
वीरेन्द्र ओली शुक्रबार, वैशाख १०, २०७८  २३:१५
1140x725

काठमाडौं- तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएको एक वर्ष पुग्यो। तर, दुई पार्टीको एकताबाट बनेको जनता समाजवादी पार्टी (जसपा) एकताको एक वर्ष पुग्दै गर्दा यो पार्टी निकै कष्टकर समयबाट गुज्रिरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चावन्दी हुँदै एक भएको जसपा ठीक एक वर्षपछि उनै ओलीका कारण विभाजनउन्मुख छ। ओली नेतृत्वको सरकारमा जाने वा नजाने विषयलाई लिएर अहिले जसपाका नेताहरु दुई धारमा विभाजित छन्।

जसपाभित्रको तत्कालीन राजपाका महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु ओली नेतृत्वको सरकारसँग सम्झौता गरेर अघि बढ्न सकिने 'मूड'मा पुगेका छन्। ओली अहिले संकटमा परेको र उनबाट आफ्ना माग सम्बोधन गराउन सकिने भन्दै उनीहरु निरन्तर छलफलमा छन्। आफ्ना माग पूरा भए समर्थन मात्रै गर्ने वा सरकारमा जाने विषयलाई दोस्रो चरणमा निर्णय गर्ने भन्दै पर्खेर बसेका छन्। 

तर, तत्कालीन समाजवादी पार्टीका बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतका नेताहरु ओली नेतृत्वको सरकारसँग संवाद नै गर्न नहुने पक्षमा निरन्तर लागिरहेका छन्। गत पुस ५ गतेपछि ओलीको ‘प्रतिगमन’विरुद्ध आन्दोलनमा सहभागी भएकाले नैतिक रुपमा उनीसँग छलफल गर्न नमिल्ने भन्दै उनीहरु टाढै बसेका छन्। ओलीले आफ्ना माग पूरा नगर्ने भन्दै संयुक्त सरकार बनाउन पहल गर्नुपर्ने उनीहरुको मत छ।

ओलीविरुद्ध मोर्चावन्दी गर्दै एक भएको जसपा फेरि ओली नेतृत्वको सरकारमा जाने वा नजाने विषयलाई लिएर विभाजनको संघारमा पुगेको छ। र, विभाजनको संकेत लुम्बिनी प्रदेश सभामा देखिइसकेको छ। 

यसरी भएको थियो एकता 
अघिल्लो वर्ष, २०७७ वैशाख ८ मा प्रधानमन्त्री ओलीले अनपेक्षित रुपमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याए। तत्कालीन नेकपामा बढ्दै गएको अन्तरसंघर्ष पार लगाउन ओलीले अध्यादेश ल्याएपनि उनी सफल भएनन्। व्यापक विरोधपछि अध्यादेश फिर्ता लिइयो। 

तर, अध्यादेश फिर्ता नलिँदै ओलीले तत्कालीन राजपा र समाजवादीभित्रको एउटा समूहसँग सघन छलफल बनाइसकेका थिए। बरु त्यो अध्यादेश ल्याउनुको एउटा कारण उनीहरुलाई फुटाएर आफूनजिक तान्नु पनि थियो। र ‘सांसद अपहरण’ काण्डसमेत भएपछि राजपा र समाजवादीको एकता भयो। अघिल्लो वर्ष वैशाख १० गते राति ११ बजे दुई पार्टीले एकता घोषणा गरे।

जसपामा एक वर्षमा केन्द्रमा पदाधिकारी, कार्यकारिणी समिति र केन्द्रीय समिति गठन भएपनि भावनात्मक रुपमा एक हुन सकेको छैन। प्रदेश, जिल्ला, स्थानीय तह र जनवर्गीय संगठनको एकताले पूर्णता पाएको छैन। केन्द्रमा पार्टी एक भएपनि संसदीय दल छुट्टाछुट्टै रुपमा अभ्यास गरिरहेका छन्। सातवटै प्रदेशमा फरक-फरक संसदीय दलको रुपमा अभ्यास गरिरहेका छन्। जसपा एक वर्षमा संगठित भई अघि बढ्ने भन्दा पनि विवाद र अन्तरसंघर्षले गुजुल्टिएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

यसको पछिल्लो उदाहरण लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु त्यसको केहीबेरमा पोखरेल नेतृत्वको सरकारमा मन्त्री हुनुलाई लिन सकिन्छ। 

तर, अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशको जसपा विवाद नमुना भएको टिप्पणी गरे। पार्टी निर्णयविरुद्ध जाने लुम्बनी प्रदेशका चार सांसदलाई कारबाही गरिने उनको चेतावनी छ। यद्यपि, पार्टी केन्द्रमा देखिएको विवादमा भने नेताहरु बसेर समाधान खोजिने यादव बताउँछन्।  

‘नेपालको राजनीति तरल अवस्थामा छ। पार्टीले संस्थागत रुपले काम गर्न सकेका छैनन्। जातिवाद, नातावाद, कृपावाद, आफन्तवाद र आसेपासेको चंगुलबाट मुक्त हुन सकेको छैन’, यादवले भने, ‘सम्पूर्ण जनताको केन्द्रविन्दुमा हुने राजनीति  संस्थागत रुपमा अभ्यास गर्ने र एक अर्कासँग हातेमालो गरेर अगाडि बढ्ने साझा भावनाको विकास गर्नु पर्नेछ। तब मात्र सबैले सम्मान गर्ने र सबैलाई समेट्ने राजनीति विकास हुनेछ।’

फोरम हुँदै समाजवादी दल यसरी स्थापना भयो 
पुष्पलाल श्रेष्ठ समूहबाट राजनीतिमा आएका यादव २०४७ सालमा माले–मार्क्सवादी एकतापछि एमालेमा सक्रिय भए। उनी एमालेबाट २०४८ को संसदीय निर्वाचनमा  सुनसरी क्षेत्र  नम्बर ४ मा कांग्रेस नेता विजय गच्छदारबाट पराजित भए। यादवले २०५४ सालमा मधेशी जनअधिकार फोरम नामक गैरसरकारी संस्था स्थापना गरे। मधेशका सवाललाई लिएर वौद्धिक छलफल र बहस गर्न भन्दै फोरम स्थापना गरियो। फोरमले देशका विभिन्न ठाउँमा गई बहस छलफल समेत गरेको थियो। मधेश आन्दोलनसँगै फोरमलाई यादवले पार्टीका रुपमा दर्ता गरेर सक्रिय बनाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फोरमले पार्टीकै हैसियतमा दोस्रो जनआन्दोलनमा सशक्त सहभागिता समेत जनायो। २ माघ २०६३ मा अन्तरिम संविधान घोषणा गरेपछि आफूहरुलाई रंगभेद गरिएको भन्दै त्यसैदिन माइतीघर मण्डलमा अन्तरिम संविधान जलाएर यादवको नेतृत्वमा आन्दोलन सुरु गरियो। संविधान जलाएर आन्दोलन गरेको भन्दै प्रहरीले उपेन्द्र यादवसहित २८ जना नेता कार्यकर्तालाई पक्राउ गर्‍यो। मधेशमा आन्दोलनले ठूलो रुप लियो। कांग्रेस, एमाले, माओवादी छोडेर केही नेताहरुले नयाँ दल गठन गर्दै मधेश केन्द्रित बन्न थाले। लामो मधेश आन्दोलनबाट १३ भदौ २०६४ मा सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मार्चाबीच २२ बुँदे सहमति भयो।

सहमतिपछि संविधानसभा निर्वाचनमा उनीहरुले सहभागिता जनाउन बाटो खुल्यो। उपेन्द्र यादव नेतृत्वको फोरम पहिलो संविधान सभामा निर्वाचनमा मधेश केन्द्रित पहिलो दलको रुपमा स्थापित भयो तर, २०७० सालसम्म आइपुग्दा चार टुक्रामा विभाजन भयो। ३२ जेठ २०७२ आशोक राई नेतृत्वको संघीय समाजवादी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनाअधिकार फोरमबीच एकता भएपछि बलियो शक्ति हुन थाल्यो। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच २१ वैशाख २०७६ मा एकता घोषणा समाजवादी पार्टीले तराई, पहाड र हिमाललाई समेट्ने गरी राष्ट्रिय पार्टीको रुपमा आकार लिएको थियो।

यसरी स्थापना भयो सद्भावना हुँदै राजपा
लामो समय कांग्रेसको राजनीति गर्दै आएका गजेन्द्रनारायण सिंहसहितले २०४० सालमा नेपाल सद्भावना परिषद् गठन गरे। मधेशी समुदायको भाषा, संस्कृति, संघीयता, समावेशीता, नागरिकता लगायत समग्र पहिचानका लागि परिषदलाई फोरम बनाई बहस पैरवी गर्न थालिएको थियो। ‘मधेशी, पहाडी र हिमाली सबै समुदायमा सद्भाव, मेलमिलाप एकता र मानवता भन्ने मान्यताका साथ सद्भावना परिषद दर्ता गरियो’, जसपा नेता राजेन्द्र महतो भन्छन्, ‘परिषदकै नामबाट तराई मात्र होइन काठमाडौंलगायत देशका अधिकांश ठाउँमा मधेशी समुदायमाथि भइरहेको विभेद्का सम्बन्धमा बहस, छलफल र पैरवी गर्न थालियो।’ 

२०४६ सालको जनआन्दोलनमा सद्भावना परिषद्ले प्रत्यक्ष रुपमा सहभागिता जनायो। समग्र मधेशको मुद्दालाई लिएर सिंहले ३ वैशाख २०४७ मा सद्भावना पार्टीको रुपमा दर्ता गरे। सद्भावना पार्टी २०४८ सालको निर्वाचनमा भाग लिई ६ सिट ल्याएपनि सरकारमा सहभागी भएन। २०५१ सालको निर्वाचनमा ३ सिट मात्रै ल्याएपनि २०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गजेन्द्रनारायण सिंह वाणिज्य मन्त्री भए।

सद्भावना पार्टीमा प्रवेश गर्ने, छोड्ने क्रम सामान्य भएपनि १० माघ २०५८ मा सिंहको निधन भएपछि पार्टी तीन टुक्रामा विभाजित भयो। २०६४ सालमा राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण नेतृत्वको सद्भावना एक भएपछि पार्टी बलियो हुँदै गयो।

७ वैशाख २०७४ तराई मधेश केन्द्रित विभिन्न ६ दलले एकता गरी राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो। जसमा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, अनिल झाको सद्भावना, सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी एक भएका थिए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्