काठमाडौं– विभिन्न ६ वटा हिमालमा जम्मा भएको फोहोर सफा गर्न परिचालन भएका छुट्टा-छुट्टै टोली आधार शिविरमा पुगेका छन्।
नेपाली सेनाको समन्वयमा सञ्चालित ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत परिचालित टोली आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने हिमालको आधार शिविरमा पुगेका हुन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आदब्लम गरी ६ वटा हिमालहरुको सफाइ गर्न ‘सफा हिमाल अभियान २०२१’ शुरु गरिएको हो।
अभियानमा नेपाली सेना तथा सेवा प्रदायक समेतका गरी ४ वटा टोली परिचालित छन्।
आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरेपश्चाात स्थानीय संस्कार अनुसारको पूजाआजा सम्पन्न गरेका छन्।
प्राय सबैजसो आधार शिविरहरुमा भारी हिमपात भइरहेकाले मौसम अनुकुल रहेको खण्डमा योजनानुसार शनिबार (वैशाख ११ गते) देखि नै फोहोर संकलन गर्ने कार्य शुरु गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।