काठमाडौं- कोरोना भाइरस संक्रमण शुरु भएयता शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै उडान तथा अवतरण हुँदैछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार आन्तरिकतर्फ १२४ उडान र १२४ अवतरण हुनेछन्। यस्तै, अन्तर्राष्ट्रियतर्फ २१ उडान र २१ अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख प्रतावबाबु तिवारीले बताए।
यो उडान–अवरतण संख्या २०७६ चैत यताकै सबैभन्दा धेरै हो। त्रिभुवन विमानस्थल हाल सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विभानस्थल हो। आन्तरिकतर्फ बुद्ध , यति, श्री, सौर्य, सीता, तारा, समिट र नेपाल एयरलाइन्सले हवाई सेवा दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।