काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबिया उडानका लागि आवश्यक जिएसए छनाेट नभएको स्पष्ट पारेको छ।
जिएसए छनाेटका लागि टेन्डर भए पनि अहिलेसम्म टेन्डर नखोलिएको निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।
‘साउदी अरेबियाको जिएसएको लागि आह्वान गरिएको टेन्डर खेलिएकै छैनन्,’ पौडेलले भने, ‘खाम बन्दी नै छ।’
निगमले फलानो कम्पनीलाई दिने मनसाय बनाएको छ भनेर भन्नुको कुनै अर्थ नरहेकाे बताउँदै उनले प्रक्रिया पूरा गरेर कम्पनी छनाेट हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।