• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘स्टिङ अपरेशन’ अवैधानिक ठहरिएपछि के हुन्छन् अदालतमा विचाराधीन अख्तियारका ४०० मुद्दा ?

64x64
दुर्गा दुलाल बुधबार, वैशाख ८, २०७८  १९:४५
1140x725

काठमाडौं– २०७७ असार ३० गते विशेष अदालतले अख्तियारले दायर गरेको एक कर्मचारीको स्टिङ अपरेशनको मुद्दामा सफाइ दिने फैसला सुनायो। सेवाग्राहीसँग  एक हजार रुपैयाँ घुस लिएको अभियोगमा उनी अख्तियारले सञ्चालन गरेको स्टिङ अपरेशनमा परेका थिए। न्यायाधीशद्वय चन्द्रबहादुर सारु र रवि शर्मा अर्यालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३३ मा कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा त्यस्तो मुद्दा खारेज हुने व्यवस्था अनुसार खारेज गर्‍यो। 

विशेष अदालतले प्रतिवादी बनाइएका व्यक्ति प्रत्यक्ष रुपमा घुस लिन संलग्न भएको प्रमाणित हुन नसक्ने ठहर समेत गर्‍यो। फैसलामा अख्तियारले पेस गरेको प्रमाणमा भ्रष्टाचार पुष्टि हुने आधार नभएको दाबी गरिएको छ। यसरी सफाइ पाउने कर्मचारी मालपोत कार्यालय कलंकीमा कार्यरत भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुन्जे निवासी रामहरि सुवेदी थिए। 

सीसीटीभी फुटेजमा सेवाग्राहीसँग एक हजार लिएको देखिएको आधारमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। उनी अख्तियारको हिरासतमा ४२ दिन  बसेका थिए। अदालतमा मुद्दा दायर भएपछि उनी धरौटीमा रिहा भएका थिए।

२०७६ साउन २२ गते पक्राउ परेका उनी अदालतले धरौटीमा रिहा गर्ने आदेश सुनाएपछि घर पुगे। तर, घर पुगेलगत्तै असोजमा आफ्नै घरको भर्‍याङमा झुन्डिएर आत्महत्या गरे। आफूले भ्रष्टाचारमा सफाइ पाएको उनले देख्न पाएनन्। 

स्टिङ अपरेशनमा सफाइ पाएको अर्को चर्चित घटना हो, तत्कालीन महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईको मुद्दा। २०७५ असोज २० गते अख्तियारले राईलाई १ लाख ४० हजारसहित नियन्त्रणमा लिएको बताएको थियो। तर विशेष अदालतले राईलाई पक्राउ गर्दा अख्तियारले पेस गरेको प्रमाणले भ्रष्टाचार पुष्टि नहुने ठहर गर्दै सफाइ दियो। विशेष अदालतले २०७६ मंसिर ३० गते राईलाई सफाइ दियो। यो प्रकरणले अख्तियारको अनुसन्धानमाथि प्रश्न उठायो।

न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले राईलाई सफाइ दिएको थियो। राईले आफूलाई कार्यकक्षमा टेलिभिजन आवश्यक रहेको भन्दै त्यसका लागि रकम दिन सेवाग्राहीलाई दबाब दिएका थिए। ती सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ लिँदालिँदै अख्तियारको टोलीले राईलाई पक्राउ गरेको थियो। उनले आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको र आफूले घूस भने नलिएको दाबी गर्दै आएका थिए।

काठमाडौंको गोकर्णेश्वर  नगरपालिका-३ का ढुंगा-गिटी व्यवसायी सुजन पौडेलले बौद्धका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) राईले ‘कार्यालयमा टीभी किन्न आफूसँग घूस मागेको’ भनेर स्टिङ गराएका थिए। 

अख्तियारमा बनेको योजनाअनुरूप पत्रिकामा पोको पारेर लगेको घूस रकम पौडेलले टेबलको घर्रामा हालिदिए। अनि केही मानिसले ‘आफूहरू अख्तियारबाट आएको’ भन्दै राईलाई ‘रंगेहात पक्राउ गरेको’  मुचुल्का तयारी गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यी दुई चर्चित घटना ‘स्टिङ अपरेशन’का प्रतिनिधि मुद्दा हुन्। अख्तियारले सेवाग्राहीलाई आफैले पैसा दिने अनि त्यसलाई पछ्याउदै पक्राउ गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने गरेको थियो। विशेषले केही प्रकरणमा अख्तियारलाई हराउँदै पनि आएको छ। अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा  स्टिङ अपरेशनवाट ९७ वटा रङ्गेहात कारबाहीमा सहसचिवदेखि सहायकस्तरसम्म १ सय ५४ जनालाई नियन्त्रणमा दिएर अनुसन्धान गर्दै मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा २०८ जना राष्ट्र सेवक कर्मचारी १४ जना जनप्रतिनिधि एवम् मनोनित पदाधिकारी ५५ जना विचौलियासहित २७७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी मुद्दा दायर गरेको थियो।  यीमध्ये अहिले विशेष अदालतमा ३१३ थान मुद्दा विचाराधीन रहेका छन्। 

सर्वोच्च अदालतको संवैधानिक इजलाशले स्टिङ अपरेशनलाई अख्तियारको नियमावलीको नियम ३० एवम् संविधानको धारा २० मा रहेको स्वच्छ सुनुवाईसम्बन्धी प्रावधान र भ्रष्टाचार निवारण ऐनको समेत भावना र मर्म अनुकुल नदेखिएको ठहर गरेको छ । फौजदारी न्यायका मान्य सिद्धान्त, कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताको दृष्टिले समेत स्टिङ अपरेशन मनासिव र तार्किक नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ। उक्त प्रावधानले अनुसन्धान अधिकारीलाई स्वेच्छाचारीताको रुपमा काम गर्न प्रोत्साहित गर्ने देखिएको सर्वोच्चले ठहर गरेको छ। 

यो पनि पढ्नुहोस्

सर्वोच्चको फैसला- अख्तियारको 'स्टिङ अपरेशन' अवैधबुधबार, वैशाख ८, २०७८

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा,  न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा संलग्न संवैधानिक इजलाशले अदालतमा विचाराधीन मुद्दामा समेत यो प्रक्रियावाट संकलन भएको प्रमाण नहुने भनेको छ।  सर्वोच्चको यो संक्षिप्त फैसलाले अदालतमा विचाराधीन यी मुद्दाहरुलाई पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। 

के हुन्छन् करिव ४०० थान मुद्दा ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अख्तियारले स्टिङ अपरेशन गरी दायर गरेका करिव ४०० थान मुद्दा सर्वोच्च अदालत र विशेष अदालतमा गरी विचाराधीन रहेका छन्। महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता विष्णुप्रसाद घिमिरे स्टिङ अपरेशन गरी दायर भएका मुद्दामा सर्वोच्च अदालतको फैसलाले प्रभाव पार्ने बताउँछन्।

संक्षिप्त फैसलाले विचाराधीन मुद्दामा पनि प्रमाण नहुने भनेकाले यी मुद्दाहरुमा थप प्रमाण प्राप्त नभएमा ठहर हुन नसक्ने अवस्था आउने रेग्मीको भनाइ छ।अख्तियारले जुन रुपमा स्टिङ अपरेशनमार्फत रकम प्राप्त भएको दाबीकै प्रमुख आधार लिएर मुद्दा दायर गरेकाले स्टिङ मुद्दा अब असफल हुने देखिएको उनले बताए।  

‘फैसला भएका हकमा पूणर्पाठले बोल्ला, तर विचाराधीन  र अनुसन्धानका क्रममा रहेका मुद्दाहरुको हकमा समेत प्रमाण अवैध हुने छ,’ रेग्मीले भने ‘अदालतलले सुनुवाईको क्रममा अन्य प्रमाण फेला पारेमा फरक होला नत्र सफाइ पाउने देखिन्छ।  सर्वोच्चको यो फैसलापछि अख्तियारले अब आफ्नो अनुसन्धानको दायरलाई अझै फराकिलो बनाउनुपर्ने देखिएको छ। विशेष अदालतका रजिष्ट्रार अशोककुमार श्रेत्रीले सर्वोच्चको फैसलाभन्दा अख्तियारले पेस गरेको प्रमाणका आधारमा अव स्टिङ अपरेशनका मुद्दाको  फैसला हुने बताए। अख्तियारले स्टिङको मात्र भर नपरी अनुसन्धान गरेर थप प्रमाण पेस गरेका मुद्दामा तथ्यभित्र प्रवेश गरेर फैसला हुने उनको बुझाइ छ।   

अख्तियारले स्टिङ अपरेशन चलाएर मुद्दाको संख्या मात्र बढाएको, तर ठूला भ्रष्टाचारको मुद्दामा मौन बस्दै आएको आरोप बिगतमा खेप्दै आएको थियो। अख्तियारले अब पाँच सय दिएर पक्राउ गराउने अनि त्यसैलाई विशेष अदालत पुर्‍याएर मुद्दाको संख्या वढाउने दाबी गर्न अवस्थाको अन्त्य भएको छ। 

अधिवक्ता विष्णु्प्रसाद घिमिरेले २०७४ पुस २ गते अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै सार्वजनिक सरोकारको रिट निवेदन दायर गरेका थिए।नियमावलीको व्यवस्थालाई टेकेर अख्तियारले कार्यविधि बनाएर घुस लिने व्यक्तिमाथि पछिल्लो समयमा आफैं पैसा दिएर स्टिङ अपरेशन चलाउँदै आएको थियो। सोही अपरेशनका आधारमा उसले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर गर्दै आएको थियो। 

अख्तियारले पछिल्लो समय ७० प्रतिशत मुद्दा स्टिङ अपरेशनकै भरमा विशेष अदालत लैजान थालेको थियो। पछिल्लो समय अख्तियारको स्टिङ अपरेशनका मुद्दामा धमाधम सफाइ हुन थालेपछि यसको वैधतामाथि प्रश्न उठेको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्