काठमाडौं- पर्यटन विभागले विश्वको अग्लो शिखर सगरमाथा आधार शिविरमा पुगेको कुनै पनि आरोही दलका सदस्य तथा आरोहीलाई कोरोना नभएको पुष्टी गरेको छ।
विभागको निर्देशक मिरा आर्चायले सगरमाथा आधार शिविरमा पुगेका सबै सामान्य रहेको र कसैलाई पनि कोरोना नभएको बताइन्। अप्रिल १५ मा एक जना नर्वेका नागरिकलाई उद्धार गरेर काठमाडौं ल्याइएको र अस्पतालले बिरामीलाई निमोनिया भएको जानकारी दिएको उनले बताइन्।
मंगलबार आउटसाइड म्यागजिनले पहिलोपटक सगरमाथा आधार शिविरमा कोरोनाभाइरसका संक्रमित भेटिएको समाचार प्रकाशित गरेको विषयमा कुनै सत्यता नभएको उनको भनाइ छ।
हिमाल आरोहणको समयमा जहिले पनि केही न केही नकारात्मक सूचना प्रभाव गर्ने प्रवृत्ति हाबी हुने गरेको र अहिले पनि त्यही भएको हुन सक्ने उनको भनाइ छ। विभागका महानिर्देशक रुद्रसिंह तामाङले अहिलेसम्म विभागलाई आधिकारिक रूपमा संक्रमण पुष्टि भएको जानकारी नआएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।