पर्सा- कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।
नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान १० बजे मृत्यु भएको हो।
नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजशोसन दासका अनुसार मृतक सर्लाहीको मलंगवा–२ का वासिन्दा रहेको थिए।
मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो। उनमा गम्भीर प्रकारको निमोनिया पाइएको दासले बताए।
कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका विभिन्न अस्पतालमा सात जना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।