• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थीको घुइँचो

64x64
नेपाल लाइभ बुधबार, वैशाख ८, २०७८  ०९:४३
1140x725

खोटाङ- विश्वप्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीमा कोरोना कहरबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिन मेला लाग्ने गरेको छ। 

विश्वभर कोरोना भाइरसको महामारी फैलिए पनि हलेसीमा लागेको मेलामा बिनास्वास्थ्य मापदण्ड भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ। हप्ता दिनअघि शुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए।

कोरोना कहरकै कारण विसं २०७६ चैत ८ गतेदेखि बन्द गरिएको हलेसी मन्दिर खुला गरिएसँगै यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन्। धार्मिकरूपमा मात्र नभई प्राकृतिकरूपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसी मन्दिर आसपासका होटल तथा रेष्टुरेन्टहरु रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले भरिभराउ भएका छन्।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द गरिएको हलेसी मन्दिर मङ्सिरमा खुला गरिएको थियो। पूजाआजा गर्न आउने भक्तजनको पूजापाठ नरोकिने गरी मुख्य गुफा (महादेव–पार्वती थान) र बसाहा गुफा प्रवेशमा रोक लगाइएको आठ महिनापछि खुला गरिएको हो।

अधिकांश दर्शनार्थीले आफ्नै सवारी साधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको छ। राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गमै हलेसी पर्ने तथा उक्त सडकखण्ड कालोपत्र गरिएका कारण पनि अधिकांश दर्शनार्थी तथा भक्तजन आफैँले सवारी साधन लिएर हलेसी आउने गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना कहरका बीच हलेसीमा लाग्ने मेला अवधिभर स्वास्थ्य मापदण्ड पालना गराउन तथा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए। “हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ”, उनले भने, “विश्वभर फैलिएको कोरोना भाइरस जिल्लामा पनि फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर मेला तथा पूजाआजा गर्ने स्थानमा हुने भीडभाडलाई सुरक्षाकर्मी व्यवस्थित गरिरहेका छन्।”

त्रिधार्मिकधाम हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिव–पार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू रहेका छन्। प्राकृतिक भूबनोटका हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा,  महादेव गुफाको ठीक पछाडिपट्टि पर्दछ। घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गर्छ। मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा मोटरेबल पक्की पुल बनेसँगै तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसीक्यामेरा जडान गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहने गरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसीक्यामेरा जडान गरिएको हो। 

यसैबीच रामनवमीको अवसरमा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोटलगायतमा समेत ठूलो मेला लागेको छ। त्रिधार्मिकधाम हलेसीबाहेक अन्य ठाउँमा एक दिन मात्र मेला लाग्ने गरेको स्थानीयवासीले बताएका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाएको छ। मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्