डाेटी- सेती नदीमा बेपत्ता भएका युवकको शव चार दिनपछि फेला परेको छ।
गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेत्ता भएका जिल्लाको सायल गाउँपालिका-४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार फेला परेकाे हाे।
बोगटीको शव दिपायल सिलगढी नगरपालिका-४ रातमाटी नजीकको सेती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले जानकारी दिए।
नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।