काठमाडौं– सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई जहाज खरिदमा सहयोग गर्ने गरी सरकारी पूँजी विस्तार गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/७९ को नीति तथा कार्यक्रम र बजेटमा जहाज खरिदका लागि रकम उपलब्ध गराउने विषय समावेश गरेको छ।
मन्त्रालयले उक्त विषय अर्थमन्त्रालयमा पठाइसकेको छ। मन्त्रालयले आन्तरिक उडानका लागि आवश्यक ३ वटा ट्विअटर जहाज र अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यरोबडी जहाज खरिदका लागि आवश्यक रकम सहित निगमको पूँजी विस्तार गर्नु पर्ने विषय बजेटमा समावेश गर्न लागेको हो।
निगमको सम्पत्तिलाई मूल धन बनाउने विषयमा पनि बजेटमा समावेश गर्ने मन्त्रालयको तयारी छ। अहिले निगमको सम्पत्ति ५५ अर्ब रपैयाँ बराबरको छ।
निगमको ऋण ४६ अर्ब पुगिसेको छ। २ वटा न्यरोबडी र १ वटा वाइडबडी जहाज खरिदमा लिएको ३४ अर्ब रुपैयाँ ऋण अहिले बढेर ३९ अर्ब रुपैयाँ बराबर भइसेको छ। निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारोबडी र २ वटा वाइडबडी जहाज छन्। यसैगरी, अन्तरिक उडानमा भने २ वटा ट्विअटर मात्रै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।