काठमाडौं– चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा राख्न तयार गरिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिको प्रधानमन्त्री निवासमा पूजाअर्चना गरिएको छ।
मंगलबार(आज) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्ति पूजा अर्चना गरेका हुन्।
बाम्हणद्वारा पूजा गरिएपछि मूर्तिलाई रथ यात्रा गरेर आजै चितवन पठाइएको छ।
प्रधानमन्त्री ओलीले भगवान रामको जन्म भारतमा नभइ नेपालको अयोध्यापुरीमा भएको दावी गर्दै आएका छन्।
रामनवमीको अवसर पारेर अयोध्यापुरीमा मूर्ति स्थापनाको तयारी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।