• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

डाक्टर मोहले निम्त्याएको हिरासत यात्रा, बंगलादेशमा पढ्नका लागि यसरी गरियो कीर्ते

64x64
नारायण अधिकारी सोमबार, वैशाख ६, २०७८  २१:२९
1140x725

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा एक महिनाभन्दा पहिले एउटा सूचना आयो-‘अस्पतालमा कार्यरत केही डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली छ।’ 

डाक्टरकै शैक्षिक प्रमाणपत्र नक्कली भएको सूचना पाएपछि अनुसन्धान गर्न सिआइबीले एसपी श्यामकुमार महतोको नेतृत्वमा एउटा टोली नै बनाएर अनुसन्धान सुरु गर्‍यो। 

एमबिबिएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिमा इलिजिबिलिटी कमिटि हुन्छ। उक्त कमिटिले एमबिबिएस अध्ययनका लागि योग्छ छ/छैन भनेर शैक्षिक प्रमाणपत्र हेर्ने काम गर्छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लागु भएपछि यो वर्षदेखि भने चिकित्सा शिक्षा आयोगले यो काम गर्दै आएको छ।

सिआइबीले मेडिकल काउन्सिलसँग शंकास्पद डाक्टरहरुको शैक्षिक प्रमाणपत्र माग गर्‍यो। ‘काउन्सिलबाट लिइएका शैक्षिक प्रमाणलाई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग भएको रेकर्डसँग म्याच गराउँदा मेल खाएन’ सिआइबीका निर्देशक तथा डिआइजी सहकुल बहादुर थापाले भने, ‘त्यसपछि उनीहरुलाई पक्राउ गरिएको हो।’

एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सप्तरी विष्णुपुर-२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका-५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा-९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा-५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका- २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस्

 

यी हुन् सीआईबीले पक्राउ गरेका ७ जना 'नक्कली' डाक्टरसोमबार, वैशाख ६, २०७८

यस्तै, महोत्तरी सरपल्लो-६ घर भई हाल जनकपुर उपमहानगरपालिका-७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका-५ घर भई हाल ललितपुर महानगरापालिका-२ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस-५ का दिपेन्द्र गौतम पक्राउ परेका हुन्। 

पक्राउ परेकाहरु सबैलाई जिल्ला अदालत काठमाडौंबाट लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआइबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

बंगलादेश जानकै लागि कीर्ते

पक्राउ परेका उनीहरुले बंगलादेशमा एमएमबिबिएस अध्ययन गर्नका लागि नै एलएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको छ। पक्राउ परेका मध्ये ६ जनाले बंगलादेशबाटै एमएबिबिएस अध्ययन पुरा गरेका हुन् भने पल्लवी सिंह नेपालमै अध्ययनरत रहेको पाइएको छ।

‘नक्कली’ डाक्टरमाथि अनुसन्धान गरेका सिआइबीका एसपी श्यामकुमार महतोले जिपिए पुर्‍याउनका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाएको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बंगलादेशमा एमबिबिएस अध्ययनका लागि निश्चित जिपिए तोकिएको हुन्छ। एसएलसीको बंगलादेशमा शैक्षिक प्रमाणपत्रको अंक र प्लस टुको शैक्षिक प्रमाणपत्रको अंक जोडेर जिपिए निकालिन्छ। एसपी महतोका अनुसार यी दुबैको अंक जोडेर ७ जिपिए आयो भने निजी कलेजमा पढ्न योग्य हुन्छ। ८ आयो भने सरकारी क्याम्पसमा पढ्न योग्य हुन्छ। 

हाल पक्राउ परेकाहरुको एसएलसीको वास्तविक प्रमाणपत्रका आधारमा दुबै जिपिए नपुग्ने भएपछि उनीहरुले एसएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अनुसन्धानमा खुलेको छ।

बागबजारमा बन्यो कीर्ते
जनकपुरका अरुण चौधरी काठमाडौं बागबजारमा ज्योतिदिप इन्टरनेश्नल कन्सल्टेन्सी सञ्चालन गरेर बसेका व्यक्ति हुन्। उनी पनि अहिले सिआइबीको नियन्त्रणमा छन्। ७ जना डाक्टर पक्राउ परेपछि उनी पक्राउ परेका हुन्। 

पक्राउ परेका डाक्टरहरुले नक्कली सर्टिफिकेट उनै चौधरीले बनाइदिएको भनेर बयान दिएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी गंगा पन्तले बताइन्।

हाल पक्राउ परेका सबै जनाको नक्कली शैक्षिक प्रमाणपत्र उनै चौधरीले बनाएका थिए। निश्चित रकम लिएर उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको पाइएको छ।

धुईंधुईं खोजिएका डाक्टर नै प्रहरी हिरासतमा भेटिए
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरको सूचीमा थिए जनकपुरका सुभाषप्रसाद साह। जनकपुरको चिल्ड्रेन अस्पतालमा कार्यरत साहलाई पक्राउ गर्न सिआइबीको टोलीले काठमाडौंदेखि जनकपुरसम्म पुग्यो। उनी अस्पतालमा भेटिएनन्।

प्रहरीले खोजी गरेको भन्ने सूचना लिक भएर फरार भएको हुनसक्ने आशंका प्रहरीले गर्‍यो। धुईंधुईं खोजी गर्दा पनि नभेटिएका साह भने प्रहरी हिरासतमै रहेको जानकारी प्रहरीले पायो।

एक युवतीसँग लिभिङ टुगेदरमा रहेका साहले विवाह गर्न नमानेपछि ती महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि उनलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो। प्रहरी हिरासतमा रहेका साहलाई धनुषाबाटै प्रहरीले काठमाडौं ल्याएर सोमबार सार्वजनिक गर्‍यो।

अंकदेखि जन्म मिति र नाम समेत सच्याएर नक्कली सर्टिफिकेट बन्यो
पक्राउ परेकाहरुले एसएलसीको शैक्षिक प्रमाणपत्र सच्याएका छन्। उनीहरुले अंकदेखि, जन्ममिति र नाम समेत सच्याएको पाइएको डिआइजी थापा बताउँछन्। जिपिए पुगेका तर एमबिबिएस अध्ययनका लागि तोकिएका निश्चित विषयमा तोकिएभन्दा कम अंक आएकाले त्यसलाई बढाएको पाइएको छ। 

उदाहरण दिँदै डिआइजी थापाले भने, ‘जस्तो नेपालीमा ८६ आएको छ तर विज्ञानमा ४६ अंक आएको छ भने जिपिए पुगे पनि उ एमबिबिएस अध्ययनका लागि योग्य हुँदैन। त्यसपछि नेपालीको ८६ लाई ४६ अंक बनाएर विज्ञानको ४६ लाई ८६ बनाएको पाइएको छ । कुल अंक भने थपघट भएको छैन।’

जिपिए नै नपुगेकाहरुले अर्कैको नाममा रहेको सर्टिफिकेटलाई नक्कली बनाएको समेत पाइएको छ। जिपिए पुग्नको नाममा रहेको सर्टिफिकेटको नाम र सिम्बोल नम्बर परिर्वतन गरेर आफ्नो नाम र सिम्बोल नम्बर राखी कीर्ते गरिएको अनुसन्धानबाट खुलेको छ। 

कीर्ते ठहरिए लाइसेन्स खारेज हुन्छ : काउन्सिल
पक्राउ परेका मध्ये ४ जनाले अहिले पनि नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट लाइेन्स नै लिएर डाक्टरी पेशा गरिरहेका छन्। उनीहरुलाई सिआइबीले लिखत सम्बन्धी कसुरको आरोपमा म्याद लिएर अनुसन्धान सुरु गरेको छ। 

योसँगै काउन्सिलले पनि उनीहरुमाथि छानबिन गर्ने बताएको छ। उनीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुन् होइनन् भन्नेबारे अनुसन्धान हुने काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बताए। 

सिआइबीको अनुसन्धान र एनएमसीको अनुसन्धानबाट नक्कली सर्टिफिकेट भनेर लगाइएको आरोपलाई अदालले सदर गर्दै आरोपितहरुलाई दोषी ठहर गरेमा उनीहरुको लाइसेन्स खारेज गरिने रजिष्ट्रार डा अधिकारी बताउँछन्।

तर यसअघि पनि सिआइबीले अपरेशन क्वाक नाम दिएर शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा दुई दर्जन भन्दा बढी डाक्टरलाई पक्राउ गरेको थियो। तर मुद्दा स्थापित हुन् नसक्दा सबैले केही समय हिरास बसेर उन्मुक्ति पाएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्