• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ८, २०८२ Sat, Oct 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

डाक्टर मोहले निम्त्याएको हिरासत यात्रा, बंगलादेशमा पढ्नका लागि यसरी गरियो कीर्ते

64x64
नारायण अधिकारी सोमबार, वैशाख ६, २०७८  २१:२९
1140x725

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा एक महिनाभन्दा पहिले एउटा सूचना आयो-‘अस्पतालमा कार्यरत केही डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली छ।’ 

डाक्टरकै शैक्षिक प्रमाणपत्र नक्कली भएको सूचना पाएपछि अनुसन्धान गर्न सिआइबीले एसपी श्यामकुमार महतोको नेतृत्वमा एउटा टोली नै बनाएर अनुसन्धान सुरु गर्‍यो। 

एमबिबिएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिमा इलिजिबिलिटी कमिटि हुन्छ। उक्त कमिटिले एमबिबिएस अध्ययनका लागि योग्छ छ/छैन भनेर शैक्षिक प्रमाणपत्र हेर्ने काम गर्छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लागु भएपछि यो वर्षदेखि भने चिकित्सा शिक्षा आयोगले यो काम गर्दै आएको छ।

सिआइबीले मेडिकल काउन्सिलसँग शंकास्पद डाक्टरहरुको शैक्षिक प्रमाणपत्र माग गर्‍यो। ‘काउन्सिलबाट लिइएका शैक्षिक प्रमाणलाई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग भएको रेकर्डसँग म्याच गराउँदा मेल खाएन’ सिआइबीका निर्देशक तथा डिआइजी सहकुल बहादुर थापाले भने, ‘त्यसपछि उनीहरुलाई पक्राउ गरिएको हो।’

एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सप्तरी विष्णुपुर-२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका-५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा-९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा-५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका- २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस्

 

यी हुन् सीआईबीले पक्राउ गरेका ७ जना 'नक्कली' डाक्टरसोमबार, वैशाख ६, २०७८

यस्तै, महोत्तरी सरपल्लो-६ घर भई हाल जनकपुर उपमहानगरपालिका-७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका-५ घर भई हाल ललितपुर महानगरापालिका-२ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस-५ का दिपेन्द्र गौतम पक्राउ परेका हुन्। 

पक्राउ परेकाहरु सबैलाई जिल्ला अदालत काठमाडौंबाट लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

Ncell 2
Ncell 2

पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआइबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

बंगलादेश जानकै लागि कीर्ते

पक्राउ परेका उनीहरुले बंगलादेशमा एमएमबिबिएस अध्ययन गर्नका लागि नै एलएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको छ। पक्राउ परेका मध्ये ६ जनाले बंगलादेशबाटै एमएबिबिएस अध्ययन पुरा गरेका हुन् भने पल्लवी सिंह नेपालमै अध्ययनरत रहेको पाइएको छ।

‘नक्कली’ डाक्टरमाथि अनुसन्धान गरेका सिआइबीका एसपी श्यामकुमार महतोले जिपिए पुर्‍याउनका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाएको बताए।

बंगलादेशमा एमबिबिएस अध्ययनका लागि निश्चित जिपिए तोकिएको हुन्छ। एसएलसीको बंगलादेशमा शैक्षिक प्रमाणपत्रको अंक र प्लस टुको शैक्षिक प्रमाणपत्रको अंक जोडेर जिपिए निकालिन्छ। एसपी महतोका अनुसार यी दुबैको अंक जोडेर ७ जिपिए आयो भने निजी कलेजमा पढ्न योग्य हुन्छ। ८ आयो भने सरकारी क्याम्पसमा पढ्न योग्य हुन्छ। 

हाल पक्राउ परेकाहरुको एसएलसीको वास्तविक प्रमाणपत्रका आधारमा दुबै जिपिए नपुग्ने भएपछि उनीहरुले एसएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अनुसन्धानमा खुलेको छ।

बागबजारमा बन्यो कीर्ते
जनकपुरका अरुण चौधरी काठमाडौं बागबजारमा ज्योतिदिप इन्टरनेश्नल कन्सल्टेन्सी सञ्चालन गरेर बसेका व्यक्ति हुन्। उनी पनि अहिले सिआइबीको नियन्त्रणमा छन्। ७ जना डाक्टर पक्राउ परेपछि उनी पक्राउ परेका हुन्। 

पक्राउ परेका डाक्टरहरुले नक्कली सर्टिफिकेट उनै चौधरीले बनाइदिएको भनेर बयान दिएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी गंगा पन्तले बताइन्।

हाल पक्राउ परेका सबै जनाको नक्कली शैक्षिक प्रमाणपत्र उनै चौधरीले बनाएका थिए। निश्चित रकम लिएर उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको पाइएको छ।

धुईंधुईं खोजिएका डाक्टर नै प्रहरी हिरासतमा भेटिए
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरको सूचीमा थिए जनकपुरका सुभाषप्रसाद साह। जनकपुरको चिल्ड्रेन अस्पतालमा कार्यरत साहलाई पक्राउ गर्न सिआइबीको टोलीले काठमाडौंदेखि जनकपुरसम्म पुग्यो। उनी अस्पतालमा भेटिएनन्।

प्रहरीले खोजी गरेको भन्ने सूचना लिक भएर फरार भएको हुनसक्ने आशंका प्रहरीले गर्‍यो। धुईंधुईं खोजी गर्दा पनि नभेटिएका साह भने प्रहरी हिरासतमै रहेको जानकारी प्रहरीले पायो।

एक युवतीसँग लिभिङ टुगेदरमा रहेका साहले विवाह गर्न नमानेपछि ती महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि उनलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो। प्रहरी हिरासतमा रहेका साहलाई धनुषाबाटै प्रहरीले काठमाडौं ल्याएर सोमबार सार्वजनिक गर्‍यो।

अंकदेखि जन्म मिति र नाम समेत सच्याएर नक्कली सर्टिफिकेट बन्यो
पक्राउ परेकाहरुले एसएलसीको शैक्षिक प्रमाणपत्र सच्याएका छन्। उनीहरुले अंकदेखि, जन्ममिति र नाम समेत सच्याएको पाइएको डिआइजी थापा बताउँछन्। जिपिए पुगेका तर एमबिबिएस अध्ययनका लागि तोकिएका निश्चित विषयमा तोकिएभन्दा कम अंक आएकाले त्यसलाई बढाएको पाइएको छ। 

उदाहरण दिँदै डिआइजी थापाले भने, ‘जस्तो नेपालीमा ८६ आएको छ तर विज्ञानमा ४६ अंक आएको छ भने जिपिए पुगे पनि उ एमबिबिएस अध्ययनका लागि योग्य हुँदैन। त्यसपछि नेपालीको ८६ लाई ४६ अंक बनाएर विज्ञानको ४६ लाई ८६ बनाएको पाइएको छ । कुल अंक भने थपघट भएको छैन।’

जिपिए नै नपुगेकाहरुले अर्कैको नाममा रहेको सर्टिफिकेटलाई नक्कली बनाएको समेत पाइएको छ। जिपिए पुग्नको नाममा रहेको सर्टिफिकेटको नाम र सिम्बोल नम्बर परिर्वतन गरेर आफ्नो नाम र सिम्बोल नम्बर राखी कीर्ते गरिएको अनुसन्धानबाट खुलेको छ। 

कीर्ते ठहरिए लाइसेन्स खारेज हुन्छ : काउन्सिल
पक्राउ परेका मध्ये ४ जनाले अहिले पनि नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट लाइेन्स नै लिएर डाक्टरी पेशा गरिरहेका छन्। उनीहरुलाई सिआइबीले लिखत सम्बन्धी कसुरको आरोपमा म्याद लिएर अनुसन्धान सुरु गरेको छ। 

योसँगै काउन्सिलले पनि उनीहरुमाथि छानबिन गर्ने बताएको छ। उनीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुन् होइनन् भन्नेबारे अनुसन्धान हुने काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बताए। 

सिआइबीको अनुसन्धान र एनएमसीको अनुसन्धानबाट नक्कली सर्टिफिकेट भनेर लगाइएको आरोपलाई अदालले सदर गर्दै आरोपितहरुलाई दोषी ठहर गरेमा उनीहरुको लाइसेन्स खारेज गरिने रजिष्ट्रार डा अधिकारी बताउँछन्।

तर यसअघि पनि सिआइबीले अपरेशन क्वाक नाम दिएर शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा दुई दर्जन भन्दा बढी डाक्टरलाई पक्राउ गरेको थियो। तर मुद्दा स्थापित हुन् नसक्दा सबैले केही समय हिरास बसेर उन्मुक्ति पाएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
पौडी खेल्न गएका ३ बालिकाको मृत्यु शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्