काठमाडौं–केही दिनदेखि जारी हावाहुरी तथा वर्षा अझै केह िदिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागको भनाइ छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागको दाबी छ। देशका केही पहाडी भू–भागमा अपराह्नतिर मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।