काठमाडौं- माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा त्रिविका प्रा डा गोपाल शिवाकोटीको निधन भएको छ। ७२ वर्षीया शिवाकोटीको शनिबार बिहान पाैने ९ तिर काठमाडाैंस्थित घट्टेकुलाेमा निधन भएको हो।
पछिल्लो समय उनको ओम अस्पतालमा उपचार भइरहेको थियो। पिसाबसम्बन्धी समस्या, मधुमेह, किड्नी, स्नायु, आँखा, प्रेसर जस्ता रोगसँग विगत बीस बर्षदेखि उनी जुझिरहेका थिए।
उनको निधनले कम्युनिष्ट आन्दोलनले एक प्रखर वाम विश्लेषक गुमाएको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालले जनाएको छ ।
‘विद्वान कमरेड शिवाकोटीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।