कैलाली–कैलालीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
संक्करमणका कारण कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० का ८१ वर्षीय पुरुषको मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको शुक्रबार राति साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ती पुरुषमा कडा खालको श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।