काठमाडौं– हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहेको छ।
हिजोको वर्षाले केही दिनदेखि देखिएको तुवाँलो हटाएसँगै मौसम सफा बनेको महाशाखाको भनाइ छ।
अहिले केही पहाडी भागमा बादल रहेका र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहँदे अधिका.श भागमा वर्षाको सम्भावना रहेको बताइएको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।