• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के हो एमालेमा ‘कर्णाली विद्रोह’को संकेत?

संघीय सरकार र अरु प्रदेशमा कस्तो असर पर्ला?
64x64
वीरेन्द्र ओली शुक्रबार, वैशाख ३, २०७८  २२:३७
1140x725

काठमाडौं- नेकपा (एमाले)का चारजना प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि त्यसको असर र प्रभाव के होला भन्नेबारे विभिन्न आकलन भइरहेका छन्।

कर्णालीमा एमालेका चार सांसदले गरेको ‘विद्रोह’को बाछिटा अन्य प्रदेश र केन्द्र सरकारमा समेत पर्ने संकेत देखिन थालेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूले ‘फ्लोर क्रस’ गरेका हुन्। सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप तोडेर मत दिएका हुन्।

प्रधानमन्त्री ओलीबाट पेलिँदै गएको नेपाल समूहको ‘रणनीतिक’ चालका रूपमा यसलाई लिइएको छ। यही कारण संसद्मा उपस्थित ३७ सांसदमध्ये शाहीको पक्षमा २२ मत जुट्यो। फ्लोर क्रस गरेको आरोपमा नेपाल पक्षका चारै जना सांसदलाई कारबाहीका लागि सिफारिस गरिएको छ। 

अविश्वास प्रस्ताव ल्याउनेकै विश्वास
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले अविश्वास प्रस्ताव दर्ता गराउनेहरूकै विश्वासको मत लिएका हुन्। २५ असोज २०७७ मा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा हस्ताक्षर गर्नेमा नेकपा एमालेका १५ सांसद थिए। तीमध्ये ८ जना नेपाल समूहकै थिए भने ३ जना माओवादी केन्द्रका सांसद थिए। 

मुख्यमन्त्री शाही संकटमा परेको समयमा तत्कालीन नेकपाको २६ भदौ २०७७ स्थायी कमिटी बैठक बस्यो। उक्त बैठकको निर्णयले शाहीको पद जोगिएको थियो। बैठकले नेकपा विवाद एकमुस्ट टुंग्याउनेगरी सहमति गरेको थियो। तर, नेकपाभित्रको विवाद बढिरहेकै बेला २५ असोजमा शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको थियो। 

सर्वोच्चले २३ फागुन २०७७ मा गरेको एकीकरणलाई वैधानिकता नदिने निर्णयले शाहीलाई पुनः मुख्यमन्त्री पदबाट हट्नुपर्ने अवस्था सिर्जना भएको थियो। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनी विश्वासको मत लिने अवस्थामा आइपुगेका हुन्। 

अन्य प्रदेशमा पर्ला त प्रभाव?
नेपाल पक्षको यो रणनीति अन्य प्रदेश र केन्द्र सरकारमा पनि लागू हुने देखिन्छ। प्रदेशहरूमध्ये १ र बागमतीमा एमालेका मुख्यमन्त्रीलाई अन्य दलले हटाउन सक्ने अवस्था थिएन। 

नेपाल पक्षले यही तरिकाले विद्रोह गर्‍यो भने त्यहाँ पनि एमालेको सरकार ढल्ने अवस्था रहन्छ। प्रदेश १ मा एमालेका ५१ सांसद छन्। तत्कालीन नेकपा हुँदा प्रचण्ड-नेपाल समूह एकतिर उभिँदा पनि मुख्यमन्त्री शेरधन राई संकटमा थिए। उनीविरुद्ध अविश्वास प्रस्ताव समेत ल्याइएको थियो। फागुन २३ को निर्णयले उनलाई राहत दिलायो। तर, नेपाल समूहले फ्लोर क्रस गर्ने अवस्थामा उनी फेरि असुरक्षित बनेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्दछ। कांग्रेसका २१, माओवादीका १४ जना प्रदेश सभामा कायम छन्। कुल १५ सांसदमध्ये माओवादी केन्द्रले सांसद टंक आङ्बुहाङलाई कारबाही गरेको छ।  जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्र तर्फका १/१ प्रदेश सभा सदस्य छन्। 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि फागुन २३ मा अदालतले गरेको निर्णयबाटै लाभान्वित भएका हुन्। पुस १० मा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। माधवकुमार नेपालनिकट प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो।  

कुल १ सय १० मध्ये एमालेबाट बागमती प्रदेश सभामा ५८ सांसद छन्। नेपाल समूहले असहयोग गर्दा पौडेल अल्पमतमा पुग्ने देखिन्छ। बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ। माओवादी केन्द्रका २३ सांसद छन्।  कांग्रेसका २१ जना सांसद छन्। त्यहाँ विवेकशील साझाका ३, मजदुर किसान पार्टी र राप्रपाका २/२ सांसद छन्। गण्डकी र लुम्बिनी प्रदेशमा नेपाल पक्षबिनै विपक्षी दलले बहुमत पुर्‍याउने संकेत मिलेको छ। 

संघीय सरकारलाई पनि धक्का
कर्णाली प्रदेशमा नेपाल पक्षका सांसदहरूले गरेको विद्रोहको परकम्प संघीय सरकारसम्म पुगेको छ। नेपाल पक्षका ३८ सांसदसमेत जोडेर जनता समाजवादी पार्टी मिलाएर आफ्नो सरकार टिकाउने रणनीतिमा प्रधानमन्त्री ओली छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाकै एउटा समूह सक्रिय छ। नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्ने संकेत पाइसकेका यी दललाई अविश्वासको प्रस्ताव ल्याउन सहज हुने देखिएको छ। 

एमाले प्रमुख सचेतक विशाल भट्टराई कर्णाली प्रदेशमा देखिएको गणितले केन्द्रको हिसाब समेत बिगार्ने स्वीकार्छन्। ‘कर्णाली प्रदेशमा देखिएको फ्लोर क्रसको प्रभाव अन्य प्रदेश र केन्द्र सरकारमा पर्ने देखियो,’ उनले भने, ‘अब संघीय सरकारमा पनि उनीहरू (नेपाल पक्ष)ले त्यही रणनीति अख्तियार गर्न सक्छन्।’

नेपाल पक्षले यसलाई प्रधानमन्त्री ओलीको क्रियाको प्रतिक्रिया भनेको छ। यसलाई आफ्नो रणनीति नै रहेको भन्ने खुलाउन नेपाल पक्ष चाहँदैन। कर्णालीका विषयमा प्रतिक्रिया दिँदै एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्री ओलीले जुन राजनीतिक संस्कार सिकाउनुभयो, त्यसको सही जवाफ कर्णालीका चार जना कमरेडले दिनुभएको छ।’

अन्य प्रदेश र केन्द्रमा त्यसैगरी जवाफ आउन सक्ने उनको भनाइ छ। हाललाई भने यसलाई नाङ्लो ठटाएर हात्ती तर्साएको रूपमा बुझ्नुपर्नेतर्फ उनले संकेत गरे।  

सम्बन्धित समाचार

‘फ्लोर क्रस’ गर्ने कर्णालीका एमाले सांसदलाई साधारण सदस्यबाट निष्काशन गर्न सिफारिस

यी हुन् कर्णालीमा 'फ्लोर क्रस' गर्ने एमाले प्रदेशसभा सदस्यहरू

कर्णालीमा एमालेका चार सांसदले गरे 'फ्लोर क्रस'

कर्णालीमा जोगियो मुख्यमन्त्री शाहीको सरकार

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  २२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मत... शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शुक्रबार असोज ३० गते मध्याह्न १२ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्य... शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्ड... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्