काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय सांसदले 'फ्लोर क्रस' गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ।
एमालेका सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले फ्लोर क्रस गरेका हुन्।
संसद्मा उपस्थित ३७ सांसदमध्ये शाहीको पक्षमा २२ मत खसेको हो। एमालेका मात्रै संसद्मा २० सांसद छन्। माओवादी केन्द्र, कांग्रेस र एमालेका चार सांसदसहित उनलाई स्पष्ट बहुमत पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।