काठमाडाैं- कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ।
शाहीले प्रदेशसभामा विश्वासका मतका लागि गरेको प्रस्तावको पक्षमा २२ मत प्राप्त भएसँगै सरकार जोगिएको हो। प्रस्तावको विपक्षमा जम्मा १५ मत परेको छ।
उनलाई माओवादी केन्द्रको १२, कांग्रेसको ६ र नेकपा एमालेका चार जनाले 'फ्लोर क्रस' गरेर मत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।