काठमाडौं- धनगढीबाट काठमाडौंका लागि उडान भरेकाे बुद्ध एयरको जहाज भैरहवामा अवतरण भएको छ। माैसममा आएकाे खराब मौसमका कारण उक्त जहाज भैरहवामा अवतरण गरिएकाे हाे।
साढे ३ बजेतिर धनगढीबाट काठमाडौंका लागि उडान भरेको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा विमानस्थलमा अवतरण भएको यात्रामा सवार एक यात्रुले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।