काठमाडौं– सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालमाथि आज (शुक्रबार) संसदीय सुनुवाइ हुँदै छ।
यसअघि सुनुवाइ समितिले उनीहरुविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै शुक्रबाका लागि सुनुवाइको मिति तोकेको हो। यसअघि चैत २५ गतेका लागि संसदीय सुनुवाइ गर्ने मिति तय भएको थियो।
न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सुवेदीविरुद्ध ५ र चुडाल विरुद्ध २ वटा उजुरी परेका छन्।
समितिमा सुवेदीको पाँच वर्ष मुख्य न्यायाधीश हुनुपर्ने योग्यता नपुगेको र चुडालले नक्कली भ्याट बिल लगायतका मुद्दामा त्रुटीपुर्ण फैसला गरेको उजुरीमा दावी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।