काठमाडाैं–जल तथा मौसम विज्ञान विभागका अनुसार आज वायु प्रदूषण्को प्रभाव देखिए पनि मौसम भने सफा रहनेछ।
अहिले बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा अन्य भू–भागमा मौसम सफा रहेको विभागको भनाइ छ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने विभागको दाबी छ। अपराह्नतिर देशका पहाडी भू–भागका केहीै स्थानहरुमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।
पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ।
नेपालमा स्थानीय र पश्चिमी न्यूनचापीय रेखाको प्रभावले विभिन्न भेगमा पानी पर्ने अवस्था सिर्जना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।